७ साउन, काठमाडौँ । सरकारले चालू आर्थिक वर्षमा रोजगारी र मर्यादित कामलाई प्रवद्धन गरी दिगो विकास तथा (एसडीजी) हासलि गर्ने योजनाअनुरुप वार्षिक विकास कार्यक्रमको बजेट ४ गुणा बृद्धि गरेको छ । सरकारले एसडीजीका अन्य सूचाकांकहरुको तुलनामा स्थिर, समावेशी र दिगो कार्थिक वृद्धि, पूर्ण तथा उत्पादनशील रोजगारी र मर्यादित कामलाई प्रवद्धन गर्ने विषयलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो । दिगो विकास लक्ष्यअन्तर्गत गत वर्षको तुलनामा ४ गुणा बजेट बृद्धि गरी २१ ऋर्ब पुराएको राष्ट्रिय योजना आयोगको वार्षिक विकास कार्यक्रमको तथ्यांकमा उल्ल्ेख छ । मंगलबारको कारोबार दैनिकबाट