back

हिथ्रो विमानस्थल जाने सडक अवरुद्ध गर्ने १५ प्रदर्शनकारी पक्राउ

वि.सं.२०७३ मंसिर ५ आइतवार

858 

shares

५ मङ्सिर,लन्डन (बेलायत) । बेलायती प्रहरीले राजधानी लण्डनको हिथ्रो विमानस्थल जाने बाटो अवरुद्ध गर्ने १५ जना प्रदर्शनकारीलाई शनिबार पक्राउ गरिएको छ ।

विमानस्थलमा जाने बाटोमा जलवायु परिवर्तन नियन्त्रणका लागि जुटेका एक समूहले शनिबार सबेरै विमानस्थल जाने सडकमा सुतेर प्रदर्शन गरेपछि केही समय सडक अवरुद्ध बनेको थियो ।

उक्त समूहले हिथ्रो विमानस्थलको विस्तार गर्दा हजारौँ घरलाई क्षति पुग्ने र वातावरणमा समेत असर पर्ने भन्दै ‘पृथ्वीलाई जोगाऊँ, थप धावनमार्ग चाहिँदैन’ भन्ने नारा लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

लन्डन महानगर प्रहरीले विमानस्थल जाने सडकमा प्रदर्शन गरी सडक अवरुद्ध गर्ने १५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

बेलायती सरकारले गत महिना हिथ्रोमा तेस्रो धावनमार्ग निर्माण गर्ने योजनालाई स्वीकृत गरेको थियो । स्थानीयवासी तथा केही वातावरण संरक्षणमा कार्यरत सङ्घसंस्थाले थप विमानस्थल निर्माण गर्दा वायु, आवाज प्रदूषण हुने र हजारौँ घरमा क्षति पुग्ने भन्दै विरोध जनाउँदै आएका छन् । रासस÷एपी

वि.सं.२०७३ मंसिर ५ आइतवार ०५:५९ मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...