back

समुदाय –प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०७६ साउन ७ मंगलवार

771 

shares


७ साउन,पर्वत । समुदाय–प्रहरी साझेदारी अन्तर्गत पर्वत उद्योग वाणिज्य संघ पर्वतको सभाकक्षमा पर्वत जिल्लाको समग्र सुरक्षा व्यवस्थापन सम्बन्धमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

पर्वत उद्योग वाणिज्य संघको आयोजना र जिल्ला प्रहरी कार्यालय पर्वतको व्यवस्थापनमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधी सभाका सदस्य पदम गिरीले सुरक्षा व्यवस्थापन मजबुद बनाउन आवश्यकता अनुसार सहयोग गरी सबै क्षेत्रमा कार्य वातावरण निर्माण गर्न यस अन्तरक्रिया कार्यक्रमले उल्लेखनीय भूमिका निर्वाह गर्ने बताए ।

सो अवसरमा अन्तरक्रियामा उठेका जिज्ञासाहरुमाथि सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले सुशासन कायम गरी सुरक्षित र भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रहरी कर्मचारी विवेकपूर्ण तरिकाले कठोर रुपमा प्रस्तुत हुनुपर्ने कुरामा जोड दिए । समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सुरक्षा संबेदनशिलताको विषयमा सबै नागरिकहरुलाई सजक बनाई प्रहरीसँग सहकार्य गरे मात्र अपराध न्यूनीकरण गर्न सहज हुने उनले जोड दिए ।

उक्त अवसरमा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले एकिकृत रणनीतिक सुरक्षा योजना तयार गरी सुरक्षा व्यवस्था मिलाउनुका साथै सार्वजनिक महत्व र बिकास निर्माणका क्रममा देखिने समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय तत्पर रहेको बताएका थिए ।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि।पौडेल समेतले आ(आफ्नो मन्तव्य व्यक्त गरेका थिए । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

अन्तरक्रिया कार्यक्रममा मदिराले निम्त्याएको समस्या, लागुऔषधको अबैध प्रयोग, महिला तथा बालबालिकसँग सम्वन्धित अपराध, सामाजिक बिकृति र सामाजिक अपराध,बिकाश निर्माणको क्रममा देखिएका समस्याहरु, बिपद व्यवस्थापन, फोहोर व्यवस्थापन, नदिजन्य पदार्थको उत्खनन, भौगोलिक कठिनाई लगायत अन्य कारणले सेवा प्रवाहमा देखिएका समस्याहरु, ट्राफिक व्यवस्थापनमा कठिनाई लगायतका बिषयहरुमा उपस्थित महानुभावहरुले सुझाव, सल्लाह, प्रतिक्रिया एवम् जिज्ञासा राख्नुभएको थियो ।

सो कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी एवम् गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधीहरु, पर्वत उद्योग वाणिज्य संघका पदाधिकारीहरु, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका पदाधिकारीहरु, बिभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधीहरु, विभिन्न वडाका वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधीहरु तथा जिल्लास्थित विभिन्न संघ–संस्थाका पदाधिकारी, उद्योग व्यवसायी, समाजसेवी तथा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०७६ साउन ७ मंगलवार १५:०६ मा प्रकाशित

Himalayan Life AD
नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुर। नवलपुर जिल्लामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सहकारी...

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

गण्डकी । सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा...

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

वालिङ (स्याङ्जा) । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश...

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

गण्डकी । पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा...

पहिरोले उजाडिएको बिसौनाका नागरिकले पाए लालपुर्जा

पहिरोले उजाडिएको बिसौनाका नागरिकले पाए लालपुर्जा

गुल्मी । पहिरोले पटक पटक जीवन र बस्ती लुटेको मुसिकोट...

माछापुच्छ्रेमा सार्वजनिक सुनवाइ सम्पन्न

माछापुच्छ्रेमा सार्वजनिक सुनवाइ सम्पन्न

लेखनाथ (कास्की) । यहाँको माछापुच्छे« गाउँपालिकाले बिहीबार सार्वजनिक सुनुवाइ सम्पन्न...