Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

जेएसएस कप २०१९ को उपाधि नेपोस नर्वेलाई



२३ जुलाई, नर्वे । यहि २१ जुलाई २०१९ का दिन ओस्लो स्थित Sognsvaan को मैदानमा JSS नर्वे द्वारा आयोजित भलिबल प्रतियोगितामा नेपाली पोर्तुगिज सम्माज नर्वे ( NEPOS ) ले प्रथम स्थान हासिल गरेको छ ।

बाक्लो बर्षात र आइतबार रातिसम्म भएको खेलमा महिला र पुरुषको गरेर ११ वटा टिमले सहभागी जनाएका थिए । सहभागी मध्येबाट पुरुषतर्फ जेएसएस नर्वे ब्लू टिम, ओएनयूएफ, एभरेष्ट स्पोर्टस् क्लब र नेपोसले खेलेका थिए । फाइनलमा पुगेका एभरेष्ट स्पोर्टस्लाई हराउँदै नेपोसले जित हासिल गर्दै बिगतको आफ्नो बर्चस्व कायम गरेको छ ।

त्यसैगरी महिलातर्फबाट जेएसएस नर्वे र हेल्पिङ ह्यान्ड नेपालले फाइनल खेल्दा जित हेल्पिङले हात पारेको खेल संयोजक कविन्द्र ढकालले जानकारी दिएका छन् ।

खेलमा जित हासिल गर्नेलाई पुरुष तर्फको टिमलाई ५ हजार क्रोनर नगद पुरस्कारको साथै मेडल, कप र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी दोस्रो हुने टिमलाई पनि ३ हजार क्रोनर र मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो !

त्यसैगरी महिलातर्फ पहिलो हुनेलाई दुई हजार क्रोनर र दोस्रो हुनेलाई १२ सय क्रोनर र प्रमाणपत्र, मेडल प्रदान गरिएको छ। प्रतियोगितामा सहभागी टिमलाई नगद शिल्ड तथा ट्रफी बितरण कार्यक्रममा आमन्त्रित सबै संस्थाका प्रतिनीधिहरु संजिव कुमार थापा, जितेन्द्र शाही, सुरेन्द्र थपलिया, रत्न प्रसाद सापकोटा ,र बिश्वास बजगाईँ, हरि बिनोद अधिकारी, प्रो . बिशाल कुमार सिटौला समेतको उपस्थिति रहेको सो कार्यक्रम मा पुरुष तर्फ नेपोसका मदन कंडेल, JSS की बिनु राई उत्कृस्ट खेलाडी घोषित भइन् ।

नेपोसका महेन्द्र खड्काको उत्कृस्ट खेल प्रदर्शनबाट दर्शकहरुले निकै प्रसंसा साथै वाह–वाहले नेपोसको समर्थक ज्यादै उत्साहित देखिन्थे ।

प्रथम हुने नेपोसको टिमबाट सहभागी खेलाडीहरुमा मदन कंडेल,महेन्द्र खड्का, जीवनाथ भट्टराई, नारायण सिंह थापा, किरण गुरुङ, बबिन बि.के, भगवान शाही, धन बहादुर काउचा र सुरेश सापकोटा रहेका थिए भने नेपोसका युवा संयोजक राजन गौचन मेनेजर रहेका थिए ।

खेलको अन्त्यमा आयोजकको तर्फबाट पुरुस्कार बितरण कार्यक्रम संयोजक कबिन्द्र ढकालले संचालन गरेका थिए भने सो कार्यक्रममा करिव २०० जनाको सहभागिता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ