back

६ अंकले उकालो लाग्यो सेयर बजार, कसले कमाए अनि कसले गुमाए त ?

वि.सं.२०७६ साउन ७ मंगलवार

618 

shares

७ साउन, काठमाण्डौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको छ ।

परिसूचक बढे पनि आज कारोवार रकम भने उल्लेख्यरुपमा वृद्धि हुन सकेन । सोमबारको तुलनामा कारोवार रकम वृद्धि भएको छ । कूल १६९ कम्पनीको १४ लाख ४४ हजार १९२ कित्ता शेयर रु ३६ करोड ८९ लाख ८० हजार ८६० मूल्यमा खरीद बिक्री भए । सोमबार कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको थियो । 

स्टकका अनुसार कूल कारोवार भएका ११ उपसमूह मध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ । यस्तै सात उपसमूहको शेयर भने वृद्धि भएको छ । होटल ३.९२, जलविद्यसत् २.८, उत्पादन ४.२२ र अन्य उपसमूह ०.६५ बिन्दुले घटे । यस्तै बैंकिङ ६.९७, विकास बैंक ४.१७, वित्त ०.४३, निर्जीवन बीमा ३८.०५, लघुवित्त २८, जीवन बीमा ५.१९ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ । 

स्टकका अनुसार आज कारोवारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड ५१ लाख २२ हजार ३६९ मूल्यमा कारोवार भयो । नेपाल बैंक लिमिटेड रु तीन करोड ६१ लाख १९ हजार ४७६, नेपाल लाइफ इन्स्योरेन्स रु एक करोड ७३ लाख सात हजार ९७३, शिवम सिमेन्ट रु एक करोड १० लाख ८६ हजार २०३, प्रभु बैंक रु एक करोड आठ लाख ६० हजार २१८ र नबिल बैंक रु एक करोड सात लाख ७७ हजार १२३ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले ७.९०, स्वदेशी लघुवित्त वित्तीय संस्था ७.७३, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था ५.७६, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.५०, समता माइक्रो फाइनान्स वित्तीय संस्था ५.१२ र राधी विद्युत् कम्पनीका शेयरधनीले ४.९० बिन्दुले बढेको छ । यस्तै दिव्यश्वरी हाइड्रो ७.२४, यूनियन हाइड्रोपावर ३.८८, सिर्जना फाइनान्स ३.२१, हिमालयन पावर पार्टनर २.८० र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले २.७९ बिन्दुले घटेको छ । 

एक अर्ब ४० करोडको म्यूचुअल फण्ड बिक्री हुने

सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २’ को बिक्री हुने भएको छ । सो योजनाको यही साउन २३ गतेदेखि बिक्री हुने आज प्रकाशित आह्वानपत्रमा उल्लेख छ । कूल रु एक अर्ब ४० करोड बराबरको उक्त योजना सिद्धार्थ म्यूचुल फन्डले ल्याएको दोस्रो योजना हो । प्रतिएकाइ रु १० का दरले १४ करोड एकाइ बिक्री गर्न लागिएको आज प्रकाशित आह्वान पत्रमा उल्लेख छ । सोमध्ये १५ प्रतिशतले हुन आउने दुई करोड १० लाख एकाइ वा सामूहिक लगानी कोष नियमावलीअनुसार बैंकको विज पूँजीको रुपमा लगानी गर्नेछ । 

आवेदन दिनेले  न्यूनतम एकाइ सङ्ख्या १०० र अधिक्तम एकाइ एक करोड ४० लाख रहेको छ । उक्त सामूहिक लगानी कोष योजना छिटोमा यही साउन २७ गतेसम्म र ढिलोमा आगामी भदौ २० गतेसम्म बिक्री हुनेछ ।  नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आदेवन दिन सकिने छ ।

वि.सं.२०७६ साउन ७ मंगलवार १९:०५ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुच्छ्रे बैंकको क्युआर मर्चेन्ट लक्षित एमबिएल स्मार्ट कर्जा सेवा विस्तार

माछापुच्छ्रे बैंकको क्युआर मर्चेन्ट लक्षित एमबिएल स्मार्ट कर्जा सेवा विस्तार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना स्वरोजगार तथा साना र...

नेपाल बैंक र ॐ हस्पिटलबिच उपचार शुल्कमा विशेष छुट सम्झौता

नेपाल बैंक र ॐ हस्पिटलबिच उपचार शुल्कमा विशेष छुट सम्झौता

काठमाडाैँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु,...

एन आई सी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट

एन आई सी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको...

एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी...

आईएमई लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश पारित

आईएमई लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश पारित

काठमाडाैँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौँ वार्षिक साधारण...