Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

सम्झौता नगर्ने भूकम्पपीडित लाभग्राही सूचीबाट हटाइए




७ साउन, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ ।

यसैगरी २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेलाई पनि लाभग्राहीको सूचीबाट हटाइएको छ । अनुदान लाभग्राहीमा परे पनि ५७ हजार ३०९ ले अनुदान सम्झौता गरेका छैनन् । कूल लाभग्राही आठ लाख २६ हजार ९३३ मध्ये सात लाख ६९ हजार ६२४ ले अनुदान सम्झौता गरेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको सङ्ख्या पाँच हजार ५४० छ । यसअघि प्राधिकरणले गरेका निर्णयलाई कार्यान्वयन गर्ने क्रममा समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको नाम लाभग्राहीको सूचीबाट हटाएको उनले जानकारी दिए । प्राधिकरणले २०७६ जेठ मसान्तसम्म लाभग्राही सूचीमा समावेश भएकाले अनुदान सम्झौता गर्ने समयसीमा २०७६ असार २१ गतेसम्मलाई तोकेको थियो ।

अनुदान सम्झौता गरेकाले पहिलो किस्ता लिने समयसीमा २०७६ असार मसान्तसम्म तोकेको थियो । प्राधिकरणले समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको सबै काम स्थगित गर्न सरोकार भएका निकायलाई निर्देशन दिएको जनाएको छ । प्राधिकरणले यसरी अनुदान सम्झौता गर्न र पहिलो किस्ता लिन नआएकालाई सुनुवाइको विकल्प भने दिएको छ ।

जसअनुसार अनुदान सम्झौता गर्न छुटेका र पहिलो किस्ता लिन नआएका मध्ये चित्त नबुझ्नेले पर्याप्त कारणसहित स्थानीय तहमा निवेदन दिन सक्नेछन् । प्राप्त निवेदनको विश्लेषण गरी प्राधिकरणले आवश्यक निर्णय लिने सहप्रवक्ता घिमिरेले बताए ।

गुनासो दर्ता गरेका, जोखिममा परेका लगायतबाट २०७६ जेठ मसान्तपछि पुनःनिर्माण लाभग्राहीमा सूचीकृत भएकाको हकमा भने अनुदान सम्झौता गर्ने र पहिलो किस्ता दिने कामलाई निरन्तरता दिइने प्राधिकरणले जनाएको छ । प्राधिकरणले समयमा अनुदान सम्झौता गर्न र अनुदान किस्ता लिएर तोकिएको समयमा निजी आवास पुनःनिर्माण सम्पन्न गर्न आग्रह गर्दै आएको छ ।(रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले