Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सम्बन्ध सुधारको सेतुको रुपमा काम गर्ने अवैतनिक वाणिज्यदूतहरुको प्रतिबद्धता



७ साउन, काठमाडौँ । नेपालस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूले आफूूहरूलाई नियुक्त गर्ने राष्ट्र र नेपालसँगको सम्बन्धलाई सुुमधुुर तुल्याउन सेतुुका रुपमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालमा राजदूतावास नभएका ४६ देशका अवैतनिक वाणिज्यदूतहरूले आफूले प्रतिनिधित्व गरेको देश र नेपालका साझा चासो र हितका विषयलाई केन्द्रमा राखेर काम गर्ने दृढता व्यक्त गरे ।

राजधानीमा आज भएको अनरेरी कन्सुलर कप्र्स नेपाल (एचसिसीएन)को १२औँ वार्षिक साधारणसभामा उनीहरुले नेपालको पर्यटन एवं गरिमा प्रवद्र्धनमा दत्तचित्त भएर लाग्ने बताए ।

सो अवसरमा परराष्ट्र सचिव शङ्करदास वैरागीले परस्पर निर्भर एवं परस्पर सम्बद्ध वर्तमान विश्वमा सहकार्य र साझेदारीका माध्यमबाटै वाञ्छित लक्ष्य हासिल हुने भएकाले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुुखी नेपाली’ परिकल्पना साकार पार्ने दिशामा सक्रिय सहयोगको अपेक्षा आफूले गरको बताए ।

साधारणसभाले दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठलाई एचसिसीएनको डीनमा चयन गरेको छ । विगत १७ वर्षदेखि उनी उक्त देशको वाणिज्यदूत छन् । त्यसैगरी १२ वर्षदेखि मोरक्कोका अवैतनिक वाणिज्यदूूतको जिम्मेवारी निर्वाह गरिरहेका उद्योगपति वसन्तकुुमार चौधरी भाइस डीन चुनिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ