९ साउन, काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ दर्जन बढी सडक अवरुद्ध भएका छन् ।
ग्रामीण इलाकामा जथाभावी खनिएका अनगिन्ती सडकमा पनि बाढी र पहिरोले क्षति पुराएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागका अनुसार बुधबार देशका ६ दर्जन बढी ठाउँमा बाढी र पहिरोका कारण सडक अवरुद्ध छ ।
देशभर मंगलबार विभिन्न सडका १७ मुख्य ठाउँमा सडक अवरुद्ध भएको थियो । गत शनिबार भने ६१ स्थानमा सडक अवरुद्ध भएको थियो । वर्षपछिका बाढी र पहिरोबाट गत १ साउनमा महेन्द्र राजमार्ग,त्रिभुवन राजपथ, बीपी राजमार्ग,कान्तिपथलगायत दर्जन स्थानमा सडक अवरुद्ध भएको थिाये । सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले अवरुद्ध सडकहरु छिटो खुलाउन निरन्तर रुपमा लागिरहेको बताए । बिहीबारको राजधानी दैनिकबाट