Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

पोखरीमा डुबेर दुई बालकको मृत्यु




९ साउन, काठमाडौँ । गणेशमान चारनाथ नगरपालिका–२ वीरेन्द्र बजारस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय सविन मगरका १२ वर्षीय छोरा आदित्य र हरिबहादुर मगरका ११ वर्षीय छोरा अकाशको पानीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा दुवै बालक गहिरो ठाउँमा पुगेर डुबेका हुन् । पानीमा डुबेर अचेत अवस्थामा भेटिएका ती बालकको जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम