back

राति सतर्क रहन मौसमविद्को आग्रह

वि.सं.२०७६ साउन ९ बिहीवार

792 

shares


९ साउन, काठमाडौँ । मौसमविद्ले आज राति विभिन्न स्थानमा पानी पर्ने भएकाले बाढी र पहिरो आउनसक्ने भन्दै सतर्क हुनुपर्ने बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अबको केही घण्टा ठूलो पानी पर्ने अवस्था नरहे पनि राति १२ बजेपछि देशका धेरै स्थानमा पानी पर्ने भएकाले सतर्क हुनुपर्नेछ ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालले सुदूरपश्चिमको पहाडी र हिमाली क्षेत्रबाहेकका ठाउँमा मौसम बदली भएको जानकारी दिए। “अहिले बादलको विकास भएको छैन, फाटेको छ, भीषण वर्षा हुने अवस्था तत्काल देखिँदैन, केही स्थानमा मेघगर्जनको बादल छ, राती १२ बजेपछि बिहान १० बजेसम्म धेरै ठाउँमा पानी पर्छ”, अर्यालले राससलाई जानकारी दिए।

उहाँका अनुसार रातिको समयमा देशका पूर्व र मध्यका थोरै स्थान र पश्चिमका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ । “ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलामा जल सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिन्छ साथै हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउनु अनुरोध गरिन्छ”, विभागले जारी गरेको सूचनामा भनिएको छ ।

मौसमविद् अर्यालले अहिले देशैभरि नै मौसममा बदली रहेको जानकारी दिनुभयो । महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै छ । जसका कारणले अहिले नेपालमा मनसुनी वर्षा सक्रिय हुने देखिन्छ । अबको २४ घण्टामा मनसुनको न्यूनचापीय रेखा अझ दक्षिणतिर सर्ने र मनसुनी गतिविधि कम सक्रिय हुनेछ ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा वर्षा हुनेछ भने पश्चिम तथा पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति भने देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुनेछ । शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुनेछ । देशको पश्चिम भेगका एक वा दुई स्थानमा भारीको सम्भावना रहेको जनाइएको छ । (रासस)

वि.सं.२०७६ साउन ९ बिहीवार १६:४२ मा प्रकाशित

Himalayan Life AD
गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे (तनहुँ) ।  पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४...

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर । बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको...

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज (पर्सा) । जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...