Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

राति सतर्क रहन मौसमविद्को आग्रह




९ साउन, काठमाडौँ । मौसमविद्ले आज राति विभिन्न स्थानमा पानी पर्ने भएकाले बाढी र पहिरो आउनसक्ने भन्दै सतर्क हुनुपर्ने बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अबको केही घण्टा ठूलो पानी पर्ने अवस्था नरहे पनि राति १२ बजेपछि देशका धेरै स्थानमा पानी पर्ने भएकाले सतर्क हुनुपर्नेछ ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालले सुदूरपश्चिमको पहाडी र हिमाली क्षेत्रबाहेकका ठाउँमा मौसम बदली भएको जानकारी दिए। “अहिले बादलको विकास भएको छैन, फाटेको छ, भीषण वर्षा हुने अवस्था तत्काल देखिँदैन, केही स्थानमा मेघगर्जनको बादल छ, राती १२ बजेपछि बिहान १० बजेसम्म धेरै ठाउँमा पानी पर्छ”, अर्यालले राससलाई जानकारी दिए।

उहाँका अनुसार रातिको समयमा देशका पूर्व र मध्यका थोरै स्थान र पश्चिमका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ । “ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलामा जल सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिन्छ साथै हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउनु अनुरोध गरिन्छ”, विभागले जारी गरेको सूचनामा भनिएको छ ।

मौसमविद् अर्यालले अहिले देशैभरि नै मौसममा बदली रहेको जानकारी दिनुभयो । महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै छ । जसका कारणले अहिले नेपालमा मनसुनी वर्षा सक्रिय हुने देखिन्छ । अबको २४ घण्टामा मनसुनको न्यूनचापीय रेखा अझ दक्षिणतिर सर्ने र मनसुनी गतिविधि कम सक्रिय हुनेछ ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा वर्षा हुनेछ भने पश्चिम तथा पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति भने देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुनेछ । शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुनेछ । देशको पश्चिम भेगका एक वा दुई स्थानमा भारीको सम्भावना रहेको जनाइएको छ । (रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ