back

प्रधानमन्त्री द्वारा बेलायती प्रधानमन्त्रीलाई बधाई

वि.सं.२०७६ साउन ९ बिहीवार

708 

shares

९ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् । प्रधानमन्त्री ओलीले आफ्ना बेलायती समकक्षीलाई बधाई ज्ञापन गर्दै आज पठाएका सन्देशमा नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गरेका छन् ।

“नेपालको बाह्य विश्वसँग दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्रराष्ट्र बेलायत नै हो”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “आपसी हितका विभिन्न क्षेत्रहरुमा वषौँ देखि दुई देशबीचको मित्रता झनै फराकिलो र गहिरो बनेको छ ।”

उनले हालैको आफ्नो बेलायत भ्रमणको सम्झना गर्दै “तत्कालीन प्रधानमन्त्री टेरेसा मेका साथै सांसद र व्यापारिक समुदायसँगको अन्तरक्रियाका क्रममा दुई देशको मैत्रीपूर्ण सम्बन्ध तथा आर्थिक सहयोगको आदानप्रदानका विषयमा जोड दिइएको थियो”, भनेका छन् ।

बेलायत सरकारले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गरेकामा हार्दिक आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा “नेपालमा लामो समयदेखिको राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै हामीले विकासका प्राथमिकता निर्धारण गरेर समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षा परिकल्पना गरेका छौँ । त्यसैले हामी बेलायतजस्तो हाम्रो महत्वपूर्ण मित्र राष्ट्रबाट सामाजिक आर्थिक विकासको लक्ष्य हासिल गर्न उच्चस्तरको सहयोगको अपेक्षा गर्दछौँ ।”

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री जोन्सनको कार्यकालको सफलताको कामना गर्दै तथा बेलायतका जनताको शान्ति, प्रगति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले दुई देशबीचको सम्बन्ध भावी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री जोन्सनसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्ने अपेक्षा गरेका छन् ।

वि.सं.२०७६ साउन ९ बिहीवार १७:५८ मा प्रकाशित

Himalayan Life AD
न्यूटन कलेजले सुरु गर्यो स्नाकोत्तरतहमा आमसंचार विषयको पढाइ

न्यूटन कलेजले सुरु गर्यो स्नाकोत्तरतहमा आमसंचार विषयको पढाइ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा रहेको न्युटन कलेजले नगरपालिकामै पहिलोपटक स्नाकोत्तरतहमा...

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम  सम्पन्न

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’...

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

काठमाडौं । नेपाल टेलिकमले आफ्नो Value Added Services (VAS) प्रणालीअन्तर्गत...

टिक्मोमार्फत आइएमई रेमिटेन्स गर्दा विद्युतीय गाडी र आईफोन जित्ने मौका

टिक्मोमार्फत आइएमई रेमिटेन्स गर्दा विद्युतीय गाडी र आईफोन जित्ने मौका

काठमाडौं  । नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमई लिमिटेडले “Tiqmo...

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत...

ट्राफिक प्रहरीका लागि व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिमा पाँच वर्षे तालिम सम्झौता

ट्राफिक प्रहरीका लागि व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिमा पाँच वर्षे तालिम सम्झौता

काठमाडौं  । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (NAIMA) र...