२५ साउन, फ्रान्स । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) फ्रान्सको अधिबेशन १८ अगस्तमा हुने भएको छ ।
२२ जुलाईका दिन बसेको परिषद्को १५ औं बैठकले विधान बमोजिम ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।
बैठकले किरणचन्द्र प्रधानलाई निर्वाचन समितिको (प्रमुख निर्वाचन आयुक्त) चयन गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त प्रधानले निस्पक्ष, पारदर्शी र स्वतन्त्र रुपले निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्दै फ्रान्सवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुको सक्रिय सहयोग प्राप्त हुने विस्वास व्यक्त गरेका छन् ।
