back

पहिरोमा परेकालाई राहत संकलन गर्न जुटे गुल्मेलीहरु

वि.सं.२०७६ साउन ९ बिहीवार

666 

shares

९ साउन, काठमाण्डौं । गुल्मीको सत्यवती गाउँपालिका–४ लुम्पेक र लिम्धामा मङ्गलबार गएको पहिरोमा परेकालाई सहयोग गर्नका लागि काठमाडौँमा रहेका गुल्मेली राहत सङ्कलनमा जुटेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट गुल्मी–काठमाडौँ सम्पर्क मञ्चको आज यहाँ भेला गरी राहत सङ्कलनमा जुट्न आग्रह गरेको हो ।

भेलाले श्रीप्रसाद पाण्डे र शङ्कर भण्डारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । भेलाले सरकारलाई राहत उपलब्ध गराउन, दीर्घकालीन व्यवस्था गर्न र काठमाडौँमा रहेका गुल्मेलीलाई राहत सङ्कलनमा गर्न आग्रह गरेको नेकपाका गुल्मी इञ्चार्ज एवं प्रदेश सांसद दिनेश पन्थीले जानकारी दिए ।

भेलामा रु सात लाख सङ्कलन गरिएको राजेन्द्र अर्यालले जानकारी दिएका छन् । भेलामा पूर्वसांसद फतिक थापाले विपद्को घडीमा सबैले सहयोग गर्नुपर्ने बताए । मङ्गलबार गएको पहिरोमा परी १२ जनाको ज्यान जानुको साथै ६०० घरपरिवार विस्थापित भएका छन् ।

वि.सं.२०७६ साउन ९ बिहीवार १८:४७ मा प्रकाशित

Himalayan Life AD
दुर्गा प्रसाईं पोखराबाट पक्राउ

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

गण्डकी  । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको...

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ । वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको छ...

प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा

प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा...

तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने

तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने

काठमाडौँ । सामाजिक अभियानमा सक्रिय रहेकी आशिका तामाङ धादिङ–१ बाट...

पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा

पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले तामाङ जातिको...

करिब ६२ करोडको लागतमा सुविधासम्पन्न भक्तपुर अस्पताल भवन बन्दै

करिब ६२ करोडको लागतमा सुविधासम्पन्न भक्तपुर अस्पताल भवन बन्दै

भक्तपुर । बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक...