
९ साउन, काठमाण्डौं । नेपाल पत्रकार महासङ्घ र मदरल्याण्ड नेपालको सहकार्यमा प्रदान गर्दै आएको यस वर्षको ‘लैङ्गिक समानता पत्रकारिता’ पुरस्कार तीनजना पत्रकारलाई दिइने भएको छ ।
पुरस्कार छनोट समितिको आज बसेको बैठकले पत्रकारमा सुजितकुमार झा, जनकपुर (एभिन्यूज टिभी), तिलसरा विक, हुम्ला (कर्णाली एफएम) र भवानी भट्ट महेन्द्रनगर (कान्तिपुर दैनिक) प्रदान गर्ने निर्णय गरिएको समितिका संयोजक दिलीप थापामगरले जानकारी दिएका छन् ।
पुरस्कृत पत्रकारलाई चाँडै नै कार्यक्रम गरी जनही रु ४० हजार नगद राशि र सम्मानपत्र प्रदान गरिने भएको छ । लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमूलक र प्रभावशाली समाचार÷आलेख प्रकाशन÷प्रसारण गरी पत्रकारिता गरेकाले उहाँहरुलाई पुरस्कृत गर्न थालिएको हो ।