Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखामा शैलेन्द्र सिम्खडा, खनालको तीन कृति विमोचन




कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र छाता सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको केन्द्रीय समिति अमेरिका हालै पुनर्गठन पश्चात केन्द्रमा नियुक्त र हाल काठमाडौंमा रहेका सल्लाहकार, कार्यसमितिका सदस्यहरुको निर्वाचित प्रमाणपत्र बितरण तथा नेपाल शाखामा नयाँ नेतृत्व चयन गरिएको छ । मञ्चका प्रमुख सल्लाहकार एवम् अग्रज कलाकार नीर शाहको प्रमुख आतिथ्यतामा काठमाडौंमा सम्पन्न कार्यक्रमले यसअघि शिवहरी पौड्यालले नेत्रित्व गरेको मँचको नेपाल शाखा कार्यसमितिलाई बिदाई गरी कवि शैलेन्द्र सिम्खडाको अध्यक्षतामा नयाँ नेपाल शाखा चयन गरेको छ ।

कलाकारहरु सम्भुजित बास्कोटा, सन्तोष पन्त, हरिबहादुर थापा, सरोज खनाल, किरण केसी, दिनेश डिसी, चलचित्र बिकास बोर्डका अध्यक्ष समेत रहेका अग्रज कलाकार केशब भट्टराई लगायतका कलाकारहरु, प्राज्ञहरु, बुद्धिजिबीहरु, साहित्यकारहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले कला, संस्कृती, साहित्य लगायतका क्षेत्रमा खेलेको भूमिका, अतुलनीय रहेको बताए । उनले आफू स्थापना काल देखी नै यसमा आबध्द रहेको भन्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले खेलेको भूमिका महत्वपूर्ण रहेकाले आफु पनि यो संस्थासँग जोडीइरहेको बताए ।

नेपाल संगीत नाट्य प्रतिस्ठानका पूर्व उपकुलपती एबम संगीतकर्मी सम्भुजीत बास्कोटा, प्राज्ञ एबम गीतकार उन्नती बोहरा शिला, चलचित्र बिकास बोर्डका अध्यक्ष एबम अग्रज कलाकार केशब भट्टराई, प्राज्ञ एबम नाट्य बादशाह हरिबहादुर थापा लगायतका बक्ताले अन्तर्राष्ट्रिय कलाकार मञ्चको सकारात्मक पक्ष र यसले गरेका योगदानको तारिफ गरे ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालको नयाँ कविता कृति “मुर्दाहरुको बस्ती”, गीति सिडी” रामप्रसाद खनालका गीतहरु” र डिभिडी “रामप्रसाद खनालका सदाबहार गीतहरु” को सामुहिक रुपमा बिमोचन समेत थियो ।

बक्ताहरुले अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष एबम सर्जक रामप्रसाद खनालका बिमोचित कृति र उनले नेपाली भाषा, साहित्य, कला, सँस्कृती र गीत सँगीतको क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरे ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले अन्तर्राष्ट्रिय कलाकार मञ्च एउटा स्वतन्त्र र कलाकारहरुको अन्तर्राष्ट्रिय संगठन भएको बताउँदै यसले कलाकार र नेपाली भाषा, साहित्य, कला, सँस्कृती र गीत सँगीत आदिलाई जोड्ने काम गरिरहेको बताए ।

नेपाल शाखा स्थापना भएदेखी हाल सम्म अग्रज हाँस्य कलाकार शिवहरी पौड्याल र किरण केसी लगायतको टिमले गरेको योगदान प्रति हार्दिक धन्यवाद दिँदै नबनिर्वाचित नेपाल शाखा अध्यक्ष लोकप्रिय कवि एबम कलाकार शैलेन्द्र सिम्खडा र उनको टिमलाई बधाई ज्ञापन गरे ।

सिम्खडाजीको नेत्रित्वमा नबगठित कार्यसमिती आगामी दिनमा अझ बढी कृयाशिल भएर काम गर्ने आफुले आशा राखेको बताउँदै केन्द्रीय समिति नेपाल शाखालाई सदैब रचनात्मक काममा साथ दिन तयार रहेको बताए ।

मँचका बर्तमान केन्द्रीय उपाध्यक्ष एबम नेपाल शाखाका निबर्तमान अध्यक्ष शिवहरी पौड्यालले आफ्नो कार्यकालमा भए गरेका कामहरुको प्रगती विवरण सुनाए ।

अग्रज हाँस्य कलाकार, केन्द्रीय सल्लाहकार किरण केसीको स्वागत भाषण, गायिका, केन्द्रीय सदस्य मन्जु पौडेलको उदघोसणमा सम्पन्न उक्त कार्यक्रम प्रज्ञा भवन कमलादी काठमाडौंमा सम्पन्न भएको थियो ।

सो अबसरमा प्रमुख अतिथि शाह र केन्द्रीय अध्यक्ष खनालले केही समय अघि पुनर्गठन पश्चात केन्द्रमा नियुक्त र हाल काठमाडौंमा रहेका सल्लाहकार, कार्य समितिका सदस्य कलाकारहरुको निर्बाचित भएको प्रमाणपत्र बितरण गरेका थिए ।

नेपाल शाखाको नबनिर्वाचित कार्यसमिति यसप्रकार छ :
अध्यक्ष – शैलेन्द्र सिम्खडा
उपाध्यक्षहरु – प्रभाकर शर्मा, भुवन श्रेष्ठ, सुरेन्द्र केसी, जुन रिजाल, नबिन पौडेल
महासचिब – एकनारायण भण्डारी
सचिब – कमल मैनाली
कोसाध्यक्ष – राज लुइँटेल
सहकोसाध्यक्ष – कमला रेग्मी
सदस्यमा : शिव शंकर रिजाल, निरज नेपाल, निरु खड्का, शितल शर्मा, याम छेत्री, सबिता गुरुङ, शिवहरी आचार्य, बिष्णु सापकोटा हर्के हवल्दार, राजु पौडेल राजु मास्टर, मरिचमान श्रेष्ठ बल्छी धुर्बे, शिवहरी बैरागी, बिष्णु रिजाल, सुदेशराज शर्मा, राज कुमार केसी, देबी हमाल, राम प्रसाद पाठक, बिष्णु पाण्डे (माइला बा), आँचल शर्मा, बुद्धी तामाङ, हिमा दाहाल, शर्मिला शर्मा, बिमला गिरी, स्वस्तिका लामिछाने, मनिषा श्रेष्ठ, लेखान्त भुसाल, सरस्वती फुयाल, अमृता लुंघेली मगर, दमन रुपाखेती, अन्जु महर्जन, रमेश अधिकारी, बिनोद केसी, मुकुन्द आचार्य, राजन चौलागाइ, कँचन सापकोटा, श्रीधर आचार्य, अशिम पौडेल, रविन भट्ट, सुदिप कुँवर, सुदन केसी, गणेश सापकोटा, करिश्मा ढकाल, अनुसा पौडेल, सोभा त्रिपाठी रहेका छन् ।

यसैगरी अन्तर्राष्ट्रिय कलाकार मञ्च, नेपाल शाखाको सल्लाहकारमा निर्मल शर्मा, बमबहादुर कार्की, केदार घिमिरे, सन्दिप छेत्री, जितु नेपाल, सिताराम कट्टेल धुर्मुस, पल्पसा डङ्गोल, पबित्रा घर्ति मगर, नारायण आचार्य, मन्जु पौडेल, बिमल राज छेत्री, ईन्द्र जिसी, सिताराम पोखरेल, राज सिग्देल, चन्डी प्रसाद काफ्ले, राम चन्द्र काफ्ले रहेका छन् ।

सोही कार्यक्रमले पूर्ण अधिकार सहितको सचिबालय पनि बनाएको छ । जसमा अध्यक्ष सहितका ११ जना पदाधिकारी रहने ब्यबस्था गरिएको छ ।

कलाकारहरुका लागि आपत बिपदमा सहयोग गर्न एक करोडको कलाकार अक्षय कोस बनाउने योजनाका बिषयमा समेत केन्द्रीय अध्यक्ष खनाल र नेपाल शाखा अध्यक्ष सिँखडाका बिचमा छलफल भएको छ । छिट्टै केन्द्रीय समितिको साथ र सहयोगमा नेपाल शाखाको पहलमा उक्त अक्षय कोस खडा गरी त्यसलाई कार्यान्वयन गर्न पहल गरिनेभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले