Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

नारा एउटा, काम अर्कै, आत्मनिर्भर भएका औषधि धमाधम आयात



१० साउन, काठमाडौँ । सरकारले नेपाली औषधि उद्योगलाई आधारभूत संरक्षण दिने नीति ल्याए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । सरकारले औषधि उद्योगका लागि पहल थाल्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयनमा आउन सकेको छैन ।

सरकारले एकातिर स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ भने अर्काेतर्फ विदेशी कम्पनीहरुको निरीक्षण गरेर बर्सेनि २५ देखि ३० वटा नयाँ कम्पनी थपिरहेको पाइएको छ ।
नेपाल औषधि उत्पादक संघका प्रवक्ता विप्लव अधिकारीले आत्मनिर्भर भएका औषधि आयातमा रोक लगाउन सकेमात्रै नेपाली औषधि उद्योग फस्टाउने बताए ।

औषधि व्यवस्था विभागले तत्कालीन आत्मनिर्भर भएका भनिएका यी औषधि अहिले पनि विदेशबाट धमाधम आयात गर्दै आएका छन् ।

हाल देशभर ५३ औषधि उद्योगले यलोपेथिक प्रकृतिका औषधि उत्पादन गर्दै आएका छन् । अझै ३० वटा नयाँ उद्योग सञ्चालनको तयारीमा छन् । हाल नेपालमा करिब तीन सय प्रकृतिका औषधि उत्पादन हुँदै आएका छन् । शुक्रबारको राजधानी दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम