Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

मालाबीमा तीन नेपाली युवती अलपत्र



१० साउन, काठमाडौँ । मानव तस्करीको सञ्जाल हुँदै दक्षिणपूर्वी अफ्रिकी मुलुक मालाबी पुगेका तीन नेपाली युवतीको ७ महिना बित्दा पनि उद्धार हुन सकेको छैन ।

मालाबीसँग नेपालको कूटनीतिक सम्बन्ध नरहेको र दक्षिण अफ्रिकास्थित नेपाली नियोगले पनि तस्करीमा परेका युवतीबारे प्रत्यक्ष सरोकार नराख्दा उद्धार प्रक्रिया अल्झिएको हो । मालाबीस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष दीपक पोखरेलका अनुसार गत वर्ष माघको सुरुमै मुम्बई र दुबईको नाका हुँदै पुगेका युवती अलपत्र परेको जानकारी संघले ५ महिना अघि पाएको हो ।

‘हामीले सुरुकै दिनदेखि उद्धारमा समन्वय गर्दै आएका हौं,’ पोखरेलले भने,‘ आवश्यक कागजात र भिसासमेत नरहेको अवस्थामा यहाँको मानव अधिकारीसहितको सहयोगका सरकारी ‘सेफ हाउस’ मा राखिएको थियो । तर यसै साताबाट उनीहरु त्यहाँबाट भगौडा बनेको सूचना छ ।’

परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका अनुसार, मालाबी पुगेर बिचल्ली पर्नेमा काभ्रेपलाञ्चोककी २५ वर्षीया सीता खनाल, सिन्धुलीकी ३२ वर्षीया सीता थिङ र प्यूठानकी वसन्ता जैसी छन् । ‘हाउसमेड’ का रुपमा काम गर्न भनी मालाबी पुराइएका यी युवतीबारे जानकारी पाएर परराष्ट्र र गृह मन्त्रालयले ५ महिना अघि उद्धारका लागि पत्राचार थालेका थिए । शुक्रबारको कान्तिपुर दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले