१० साउन, काठमाण्डौ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ ले खारेज गर्न भनेको कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले भर्ना खुला गरेको छ । सिटिइभिटीले सञ्चालन गरेको प्रमाणपत्र तहमुनिका कार्यक्रम हटाउने चिकित्सा शिक्षा ऐनमा उल्लेख छ । तर, सिटिइभिटीले तिनै कार्यक्रमा आठ हजार विद्यार्थी भर्नाका लागि प्रक्रिया सुरु गरेको हो ।
‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि यो ऐन प्रारम्भ भएपछि परिषद्ले प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थय शिक्षासम्बन्धि कुनै पनि प्राविधिक कार्यक्रमहरु सञ्चालन गर्नेछैनन,’ ऐनको दफा १४ को उपदफा ४ मा भनिएको छ । सोहि दफाको उम्पदफा ५ मा भनिएको छ, ‘परिषदले सञ्चालन गरेको प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थय शिक्षासम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रमहरु तोकिएबमोजिम हटाउने (फेजआउट) र तोकेको मापदण्डबमोजिम स्तरोन्नति (अपग्रेड) गरिन्छ ।’ तर, ऐनको व्यवस्था मिच्दै सिटिइभिटीले प्रमाणपत्र तहमुनिका स्वास्थय शिक्षासम्बन्धी कार्यक्रममा भर्नाका लागि विज्ञापन गरेको छ । शुत्रबारको नयाँ पत्रिकाबाट ।