
१० साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्रिवटर ह्यान्डलबाट बिहीबार बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिने क्रममा एकैपटक दुईवटा गल्ती भएका छन् ।
प्रधानमन्त्री ओलीको ट्रिवटर ह्यान्डलमा मेन्सन गरिएको ट्रिवटर अकाउन्ट बेलायती प्रधानमन्त्री जोन्सनको थिएन । यतिमात्र होइन, ट्रिवटरमा प्रयोग गरिएको भाषामा पनि अशुद्धता देखिएको छ । ट्रिवटरमा प्रयोग गरेको अंग्रेजी शब्द अजुम्सनको हिज्जे गलत लेखिएको थियो ।
पहिलो ट्रिवटरमा गल्ती देखिएपछि तत्काल त्यसलाई मेटेर दोस्रो ट्रिवटरमार्फत बेलायती प्रधानमन्त्रीलाई बधाई व्यक्त गरिएको छ । तर दोस्रो ट्रिवटरमा पनि हिज्जे गलत लेखेपछि तेस्रो ट्रिवटरमार्फत सच्याइएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल तथा मिडिया हेर्न आधा दर्जन व्यक्तिलाई विज्ञका रुपमा नियुक्ति दिएर राखेका छन् । यीनै विज्ञका कारण यस्ता गल्ती दोहोरिने गरेका छन् । यसैकारण विदेशी सरकार प्रमुखलाई दिएको बधाईसमेत खल्लो बन्न पुगेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल यसलाई मानवीय त्रुटी भन्छन् । शुक्रबारको नागरिक दैनिकबाट