Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए हङकङद्वारा नेपालीलाई सर्तक रहन आग्रह



हङकङमा केही दिन यता देखिएको हिंसात्मक घटना र जटिल सुरक्षा अवस्था बारे गैरआवासीय नेपाली संंघले हङकङमा रहेका नेपालीहरुलाई सर्तक रहन भनेको छ ।

सुपुर्दगी विधेयक सम्बन्धीको आन्दोलनका क्रममा हिंसात्मक घटना घटेको र उक्त घटनामा नेपालीको समेत संलग्नता रहेको भन्ने अस्पुष्ट समाचार आएबाट नेपालीहरु समेत निशानामा पर्र्न सक्ने भन्दै सर्तक रहन संघले विज्ञप्तीमार्फत सबैलाई सचेत गराएको छ ।

संघकी अध्यक्ष राधिका गुरुङद्वारा जारी विज्ञप्तीमा हङकङको स्थायी बासिन्दा भएको नाताले स्थानीय कानुनको पालना गर्र्नु सबै नेपालीको दायित्व भएका कारण त्यस्ता अवाञ्चित घटनामा संलग्न नहुन र अभिव्यक्ति दिँदा समेत कानुनको परिधि भित्र रहेर गर्न भनिएको छ ।

यसविषयमा संघले महावाणिज्य दुतावासमा समेत छलफल गरेको छ । महावाणिज्य दूतावासमा भएको छलफलले नेपालीको सुरक्षालागि निम्न कुराहरुमा सर्तक रहन आग्रह गरेको छ ।
सुरक्षाका लागि निम्न कुराहरुमा सर्तक रहन भनिएको छ :
– कसैले तपाईलाई अवैध र हिंसक कार्यमा संग्लग्न हुन प्रोत्साहन गरेमा र भुक्तानी गर्ने बाचा गरेमा अस्विकार गर्नुहोस् । आफु बच्नुहोस् र यस बारे आफ्ना आफन्तजन तथा साथीहरुलाई पनि बुझाऊनु होस ।
– सुरक्षाको दृष्टिकोणले वर्तमान अवस्थामा कालो अथवा सेतो रंगका कपडाहरु नलगाउनुहोस् ।
– अन्जान मानिसहरु संग सम्पर्क कुराकानी र अनावश्यक बादबिवाद नगर्नुहोस् ।
– सुरक्षाको दृष्टिकोणले आफ्नो जरुरी काम बाहेक अन्य बेला बाहिर नहिड्नुहोस् ।
– कुनै अप्रत्याशित घटना दुर्घटना भएको खण्डमा सुरक्षा सहयोगको लागि पुलिसलाई सम्पर्क गर्नुहोस् ।
– सधैं सतर्क एवं सुरक्षित रहनुहोस ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ