back

कविता : पैला तिमी मर्नु है

वि.सं.२०७६ साउन ११ शनिवार

840 

shares

संसारले मलाई पागल भन्छ होला
हो म पागल नै हो, भन्न देऊ
त्यसैले त म भन्दै छु
तिमी मभन्दा पैला मर्नु है ।
म पैला मरें भन…
तिम्रा हातमा सुहाउने
छनछन बज्ने ति
काँचका राता चुरा,
तिम्रो गलामा सुहाउने त्यो
हरियो,रातो पोते,
तिम्रो सिउँदोलाई सजाउने त्यो
रातो सिन्दुर
अनि
तिमीलाई सुहाउने त्यो
रातो फूलबुट्टे साडी
तिम्रा दुश्मन बन्ने छन् ।
तिमीलाई पापी यो संसारले बिधुवा भन्ने छ
सेतो बन्ने छ तिम्रो सहयात्री ।
तिमीलाई मनपर्ने ईन्द्रधनुषको
ति सातौं रंगहरुले तिमीलाई जिस्काउने छन् ।
साथ छोड्ने छ त्यो रातो रंगले
जस्को साथमा तिमी पुतली बनी फूलहरुको माँझमा रम्ने गर्छौ ।
तिमीलाई बुच्चै बनाउने छ यो पापी समाजले
जुन् मलाई पटक्कै मन पर्दैन ।
मलाई त तिम्रा गालामा
लालीगुराँस फुलेको मनपर्छ
तिम्रो त्यो मुस्कानमा खुशीहरु टल्केको मनपर्छ ।
त्यसैले त म भन्दै छु प्रिय…..
तिमी मभन्दा पैला मर्नु है ।।

वि.सं.२०७६ साउन ११ शनिवार ०९:२४ मा प्रकाशित

Himalayan Life AD
पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा आयोजित मासिक रचना वाचनको ११०औँ शृङ्खला तथा...

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

अर्घाखाँची । साहित्यकार नारायण खनाल( नीलम )को कविता सङ्ग्रह जिजीविष...

सुसेली

सुसेली

अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ भयो हतार जिम्मेवारी थपिँदा बेसरी...

लघुकथा : बदर

लघुकथा : बदर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर उसको कुरा सुनेर पञ्जिकाधिकारी...

झिल्का कविता

झिल्का कविता

बिष्णु उप्रेती, बिर्तामोड, झापा १. बाछा धेरै कराए साँढे छ...

गजल

गजल

गजलिका,इलाम कतै पवित्र पन सुसाउँदै थिए कतै विषाक्त लड्बढाउँदै थिए...