
खै यो मन पनि कसरी असल हुन्छ,
बुझाउदा पनि अक्सर पागल हुन्छ ।
कस्तो अचम्मको बज्रपात दिई गई,
सम्झनै पो हुन्न आँसुको भल हुन्छ ।
दुई जोडि नछुट्ने वाचा खादा खादै,
एकदिन त छुट्नै पर्ने प्रतिफल हुन्छ ।
कस्तो–कस्तो सम्बन्ध बसेछ है कुन्नि,
मनभित्र जहिल्यै उहीँ हरपल हुन्छ ।
धेरै नहिडा ए ! जिन्दगी तेरो वेगसँग,
आराम देन एकैछिन त शीतल हुन्छ ।