Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाली महिला समूह ओमानको अध्यक्षमा मादी गुरूङ्ग



२७ जुलाई, ओमान । ओमानमा बिगत ७ वर्ष देखि संचालित संस्था नेपाली महिला समूह ओमानको चौथो महाधिवेशन अध्यक्षमा मादी गुरुङ (मधु) लाई चयन गर्दै सम्पन्न भएको छ ।

जुलाई २६ मा ओमानको राजधानी मस्कटस्थित अल अजैवा होटल अपार्टमेन्टमा समाजले बृहत भेला बोलाई महाधिवेशन सम्पन्न गरेको हो ।

गुरुङको अध्यक्षतामा गठन गरिएको नयाँ कार्यसमितिको उपाध्यक्षत्रयमा गोमा पाण्डे, शारदा तिवारी, सविता श्रेष्ठ,महासचिवमा गोमा थापा मगर, सचिवमा गोमा गुरूङ्ग, कोषाध्यक्षमा यम कुमारी मगर, सहकोषाध्यक्षमा कुमारी राई रहेका छन् ।

त्यस्तै समाजको सदस्यहरूमा काशी गुरूङ, विमला सुनुवार, मेनुका बिपि, आस्था गुरूङ र सल्लाहकारमा कुमारी तमाङ रहेका छन् ।

नेपाली दूतावास मस्कट ओमानका श्रम सहचारी कृष्ण कुमारी गौलीको प्रमुख आतिथ्यता तथा नेपाली समाज ओमानका भूपू अध्यक्ष गोविन्द गुरूङ्गको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रमको सभापतित्व नेपाली महिला समूह ओमानका कार्यवाहक अध्यक्ष उमा ढुङ्गानाले गरेकी थिईन् । कार्यक्रमको उदघोषण गोमा थापा र नवनियुक्त पदाधिकारीहरूको घोषणा सुशील पुन विरहीले गरेका थिए भने आर्थिक विवरण मादी गुरूङ र प्रगति विवरण का.वा. अध्यक्ष ढुङ्गानाले प्रस्तुत गरेकी थिइन् ।

ओमानमा दिवंगत भएका नेपालीहरूको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेटको मौन धारण गरिएको थियोे ।

कार्यक्रमका प्रमुख र विशिष्ठ अतिथिहरूले संयुक्तरूपमा दिप प्रज्वलन गरि महाधिवेशनको शुभारम्भ गरेको उक्त कार्यक्रम नेपाली राष्ट्रिय गानबाट प्रारम्भ गरिएको थियो ।

कुमारी राईको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा उपस्थित सबैले नयाँ कार्यसमितिलाई अगामी कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

सोहि अवसरमा ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, विवेकशील नेपाली दल ओमानका अध्यक्ष राजेन्द्र खनाल, अन्तर्राष्ट्रिय साहित्य समाज ओमानका अध्यक्ष सुशील पुन बिरही, प्रवासी नेपाली एकता मञ्च ओमानका उमेश विक, नेपाल मगर संघ ओमानका रूपा पुन मगर, तमाङ्ग समाज ओमानका उपाध्यक्ष विनोद लामा, तमु समाज ओमानका निसेक गुरूङ, नेपाली जनसम्पर्क समिति ओमानका सभापति सालिकराम चापागाईं, दलित एकता संजाल ओमानका अध्यक्ष सुरेश बराईली, गुल्मी सेवा समाज ओमानका अध्यक्ष दुर्गा प्रसाद ढकाल, बागलुङ सेवा समाज ओमानका अध्यक्ष खेम खड्का थोकि, पाल्पाली परिवार ओमानका महिला प्रमुख सावित्रा पोखरेल, म्यागदी नेपाली प्रवासी संघका उपाध्यक्ष गणेश चोखाल सहित ओमानमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, पत्रकार सहित दर्जनौं नेपालीहरूको सहभागीता रहेको थियो ।

विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा अनुष्का तमाङले नृत्य प्रस्तुत गरेकी थिइन् ।

सोहि अवसरमा कार्यक्रममा समूहकी संस्थापक अध्यक्ष पार्वती श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् । महाधिवेशनको अन्त्यमा नवनियुक्त अध्यक्ष मादी गुरूङको मन्तव्य रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले