Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

गुल्मी सेवा समाज ओमानले पठायो सदानको उपचारका लागि आर्थिक सहयोग



२७ जुलाई, ओमान । गुल्मी सेवा समाज ओमानले मृगौला रोगले पीडित शदान बहादुर थापाको उपचारका लागि आर्थिक सहयोग रकम पठाएको छ ।

कालीगण्डकी गाउँपालिका ५ फोक्सिङ गुल्मी निवासी हाल रुपन्देही सैमामैना नगरपालिका ३ बसोबास गर्दै आएका ४२ वर्षीय थापालाई सहयोग रकम पठाईएको हो । घरको आर्थिक अवस्था कमजोर भएका थापाको दुबै मिर्गौलाले काम गर्न नसकेपछि उक्त रकम सहयोग गरिएको गुल्मी समाज ओमानका अध्यक्ष दुर्गा प्रसाद ढकालले बताएका छन् ।

समाजका सदस्य अशोक केसी र मुकुन्द सापकोटाको पहलमा गुल्मी सेवा समाज ओमानको नेतृत्वमा ओमानबासी नेपालीहरू साथै देश तथा बिदेशबाट सहयोग संकलन गरी पीडित समक्ष पठाइएको समाजले बताएको छ ।

सहयोग रकम जम्मा नेपाली रु ८३,०७०( तिरासी हजार सत्तरी ) रूपैयाँ पठाईएको र यस पवित्र कार्यमा सहभागी हुनुहुने सम्पुर्ण सहयोगी मनहरुमा समाजका संरक्षक घनश्याम भण्डारीले हार्दिक आभार र धन्यवाद दिएका छन् ।

समाजले यसअघि पनि विभिन्न समस्यामा परेकाहरूलाई आर्थिक सहयोग गर्दै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम