Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

‘युवानेताहरु हो, आलोचना र समर्थन गर्ने कला सिक्नुहोस्’



प्रविधिका कारण तपाई बोलेका लेखेका सबै कुराहरू नेटमा सदाका निम्ति सुरक्षित रहने छ । तपाईहरूले चाहेर पनि मेटाउन सक्नुहुने छैन । कसैले नचाहेर पनि हेर्ने पढ्ने हुनेछ । भविष्य र सुदूर भविष्यसम्म पनि ।

त्यस्तो कुरा आज नबोल्नुहोला वा नलेख्नुहोला जसका कारण भविष्यमा तपाईहरू प्रताडित हुन परोस् । आलोचना र समर्थन गर्ने कला पनि सिक्नुहोला । कसैको चाकरी गरेर, अहिले ठूलो स्वरमा कसैको झा‘को झारेर, अस्थायी रूपमा पद त पाउन सक्नु होला तर तपाईहरू जीवनमा नचयध गर्न सक्नु हुने छैन, बाउन्ने भईरहनु हुनेछ ।

विगतमा ओकलेको विषले सताईरहने र पछि दशा लाग्न सक्छ । राजनीति भनेको लामो जीवन उत्सर्ग गरेर जनबिश्वास जित्ने र अवसर पाउदा जनसेवामा लिप्त भएर सदा सम्मानीत हुने क्षेत्र पनि हो, त्यसैले आफ्नै कर्तुतले अपमानित प्रताडीत हुनबाट निरन्तर जोगिनुपर्छ ।

समर्थन भनेको अन्ध पक्षपोषक हुने भनेको हैन । आलोचना भनेको विरोध हैन । समर्थन र आलोचना ईश्युमा हुन्छ । बिरोध र पक्षपोषण व्यक्तिमा हुन्छ । ब्यक्तिको पछि लागेर गरिने राजनीति दिगो र सम्मानीत रहदैन, जागिरे स्वार्थी क्षणिक लाभको राजनीति हुन्छ ।

मलाई केही जुझारू युवा नेता जस्ता लाग्ने महेश बस्नेत, नविना लामा, रामकुमारी झा‘क्री, गगन थापा वा योगेश भट्टराईका बेला बेलाका बचकाना बकबक देख्दा तिनीहरूको भविष्य प्रति टिठ लाग्न थाल्छ । यिनका राजनीतिक लामो जीवनमा खोट नलागोस्, यसका निम्ति तिनले शालिन बन्न र दिर्घकालसम्म सोच्न सक्ने कला र क्षमता आर्जन गरून् । तत्काल नेतालाई उचालेर खुशी पार्न तिनले बकबक गर्दा मन्त्री हत्याउने दाउ हो भनेर समाजले खिसिट्याउरी गरेका हुन्छन्, जो भविष्यका निम्ति राम्रो लक्षण हैन । नेता बन्न र बनिरहनमा आकाश पाताल फरक छ ।

युवा नेताहरूले राजनीति राम्ररी नबुझेको प्रष्ट बुझिन्छ, जसका कारण यी सायद बेलाबेलामा लज्जित भैरहेका पनि होलान् ! तर पनि मेरो तर्फबाट असल दृष्टिकोणको शुभकामना भने दिन्छु, युवाहरूको फूल बतिलामैं नमुर्झाओस् । असल आचरण, दृष्टिकोण, वाणी र व्यवहार, ज्ञान र संयम, निरन्तर जनसेवामा ठोस पहल र योगदान गर्न थालून् । भाषणबाजीले ब्यक्तित्वमा टलक आउने युग समाप्त भैसकेको छ बुझून् । ठोस व्यावहारिक समाजसेवी र समाजका समस्या समाधान भौतिक संलग्न हुन थालून् । नारा लाउन, टिभीमा कुर्लन, माइकमा चिच्याउने कला अव सबैले सिकिसकेका छन्, सोसल मिडियाले गर्दा सबै मान्छे यति जान्नेसुन्ने भैसकेका छन् । जनतामा आवाज पुर्याउन अहिले सबका सब सक्षम भैसकेका छन् ।

भलो होस् युवा नेतावर्गको, ताकि हामी सबैको भविष्यको पनि भलो होस् । किनभने भविष्य हाक्न तपाईहरू सुयोग्य बन्नै पर्छ, अहिलेका सिनियर नेताहरू अबका ५–१० वर्षका पाहुना मात्र हुन्। चुनाव जित्दैमा तपाई सुयोग्य हुन सक्दैन, हिजोका सबै राजनीतिक तौरतरिका आउटडेटेड भैसक्यो ।

यस्ता बूढापाकाको अर्ति सुन्न थाल्दा युवा नेताहरूलाई केही न केही फाईदै होला के रे !

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले