
२७ जुलाई, बहराईन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बहराईनको अध्यक्षमा लक्ष्मी गिरी निर्विरोध निर्वाचित भएकी छन् ।
जुलाई २४ मा सम्पन्न भएको परिषद्को अधिबेशनले लक्ष्मी गिरीको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्विरोध निर्वाचित गरेको हो ।
जसको प्रथमउपाध्यक्षमा प्रेम बहादुर क्षेत्री, द्धितीय उपाध्यक्षमा अमर श्रेष्ठ, महिला उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ, महासचिवमा राजु कुमार श्रेष्ठ, सचिवमा राजु पहारी, सहसचिवमा शिव संकर आचार्य, कोषाध्यक्षमा विष्णु प्रसाद आचार्य, सहकोषाध्यक्षमा देवेन्द्र गिरी, महिला संयोजकमा लक्ष्मी क्षेत्री, युवासंयोजकमा तिर्थ बहादुर भण्डारी, पर्यटन संयोजकमा सुशील भण्डारी रहेका छन् ।
त्यस्तै परिषद्को सदस्यहरुमा दीप विक्रम राना, तिलक ब. कार्की, कमला सुनार बि.क, रबिन केसी र संगिता खेत्री रहेका छन् ।

राम बहादुर गुरुङको संयोजकत्वमा दुर्गा गिरी, छविलाल बि.क, नरेन्द्र घले र राजकुमार बस्नेत सदस्य रहेको निर्वाचन समितिले उक्त कार्यसमितिका पदाधिकारीहरुको निर्विरोध निर्वाचित गरेको हो ।
त्यस्तै अधिबेशनमा संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्त, सचिव डिबी क्षेत्री र आइसिसि सदस्यहरु मनोज गोर्खाली, कल्याण श्रेष्ठ, राजु सैयद, सुदिप कार्की, दुर्गा गिरी, लाल पुनलगायतको उपस्थिति रहेको थियो ।
