
२७ जुलाई, युएई । नेपाली सहयोगी हातहरु युएईको २६ जुलाईमा सम्पन्न दोश्रो अधिबेशनले संस्थाको अध्यक्षमा राजु भुर्तेललाई चयन गरेको छ ।
दुबईस्थित ग्राण्ड फर्च्युन होटलको हलमा भव्यताका साथ सम्पन्न भएको संस्थाको दोश्रो अधिबेशनले १५ सदस्यीय नयाँ कार्यसमिति तथा ७ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा नारायण ढकाल, उपाध्यक्षमा श्रीमती विष्णुमाया पाण्डे, महासचिवमा दीपककुमार शिवाकोटी, सचिवमा श्रीमती विष्णु भुषाल, कोषाध्यक्षमा विजय अधिकारी, सहकोषाध्यक्षमा सुश्री विष्णु कुमाल र सदस्यहरुमा नरसिंह थापा,नुन बहादुर आले,सुश्री पार्वती पुन, नारायण प्रसाद सुवेदी, राम भण्डारी, दिलसिंह गुरुङ्ग, श्रीमती रीमा लामा र प्रकाश ढकाल रहेका छन् ।

त्यस्तै संस्थाको संरक्षकमा थमनबहादुर आले, विशिष्ट सल्लाहकारमा कृष्ण पौडेल र सल्लाहकारहरुमा परशुराम घिमिरे, श्रीमती लक्ष्मी भट्टराई, मनिश पौड्याल, शन्तोष शिवाकोटी र श्रीमती जमुना अधिकारी रहेको महासचिव दीपक कुमार शिवाकोटीले जानकारी दिएका छन् ।
