Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

भड्किलो तीज रोक्दै कास्की जिल्ला प्रशासन



११ साउन । हिन्दू महिलाको महान पर्वको रुपमा मानिने हरितालिका तीज नजिकिँदै गर्दा कास्की जिल्ला प्रशासनले तीजमा हुने भड्किलो गतिविधि रोक्न सूचना प्रकाशित गरेको छ ।

केही वर्षयता तीजको नाममा महीना दिन अगाडिदेखि हुने भड्किलो गतिविधिले तीजको सांस्कृतिक एवं धार्मिक महत्वलाई गौण बनाउँदै लगेको भन्दै यसको संरक्षणमा जुट्न केही दिनअघि नारी जागरण अभियानले मुख्य मन्त्री, पोखरा महानगरपालिका प्रमुख, जिल्ला प्रशासन कार्यालयलगायतमा ज्ञापनपत्र बुझाएको थियो ।

मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, आन्तरिक मामिलामन्त्री, प्रमुख प्रमुख जिल्ला अधिकारी सबैले तीजको मौलिकतालाई जोगाउन र भड्किलो गतिविधि रोक्न प्रयास गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलेद्वारा हस्ताक्षरित सूचनामा तीजको मौलिकता विपरीतका भड्किलो गतिविधि रोक्न आग्रह गरिएको छ । कहीँ कतै सूचनाको बर्खिलाप भएमा कानूनबमोजिम कारवाही हुने व्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ ।

नारी जागरण अभियानकी संयोजक अञ्जु क्षेत्रीले भनिन्, “हाम्रो उद्देश्य तीजको महिमा र महत्वलाई जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हो । प्रशासनबाट जारी सूचनाले तीजमा हुने भड्किलो गतिविधि न्यूनीकरण हुनेमा हामी विश्वस्त छौँ ।” महिला स्वतन्त्रताको पर्वको रुपमा स्थापित यस पर्वको सांस्कृतिक महत्वलाई जोगाउनु सचेत नागरिकको दायित्व भएको बताउँछिन् ।

कोपिला नेपालका निर्देशक एवं महिला अधिकारकर्मी बिना सिलवाल, “परिवर्तित समयअनुसार चाडपर्व मनाउने तौरतरिका बदलिएको छ तर यसको मौलिक पक्ष नै गुमाएर महंँगा कपडा, गरगहना प्रदर्शन गर्ने होडबाजीले सामाजिक सद्भाव असर पु¥याउँदै गएको छ ” सिलवाल भन्छिन्। “यसले हुने खाने र हुँदा खानेबीच वर्गीय असमानतासँगै पारिवारिक विखण्डनसमेत निम्त्याउँदै लगेको छ ।” पर्वलाई साझा रुपमा मनाउनसक्ने वातावरण बनाउनुपर्ने उनको तर्क छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने चाड हरितालिका तीज यो वर्ष भदौ १५ गते दर खाने र १६ गते तीज रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ