back
CTIZAN AD

कृषकका गुनासै गुनासा

वि.सं.२०७६ साउन ११ शनिवार

741 

shares

बाँकेका किसानले कृषि उत्पादन बिक्रीमा उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् । कृषि क्षेत्रका केही विचौलियाहरुले बाँकेमा कृषि उत्पादनबाट राम्रो आम्दानी गर्न सके पनि किसानले भने त्यसको उचित मूल्य पाउन नसकेको बताएका हुन् ।

किसानले उब्जनी गरेको तरकारीलगायतको बजारीकरणमा समस्या रहेको भन्दै उनीहरुले स्थानीयस्तरमा कृषि बजारको आवश्यकता भएको बताएका छन् ।
नेपाल कृषि विकास फार्मका सञ्चालक देवेन्द्र अधिकारीले खुला सीमानाका कारण नेपाली कृषि उपजले बजारमा प्रतिस्पर्धा गर्न समस्या हुने गरेको बताए ।
“भारतबाट बिना भन्सार भित्रिने कृषि उपजसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिन हुने गरेको छ”, उनले भने, “उत्पादनमै लागत बढी परेका कृषि उत्पादनले बजारमा उपयुक्त मूल्य पाउन सकिरहेका छैनन् ।”

न्यूनतम मूल्यमा काम गर्नुपर्ने बाध्यता रहेको श्री हरियाली कृषक समूह बैजनाथका दीपककुमार थारुले बताए । अधिकांश भारतीय उत्पादन स्थानीय उत्पादनभन्दा सस्तोमा बिक्री हुने गरेको उनको भनाइ छ ।

खजुरा गाउँपालिकास्थित एकता महिला किसान समूहकी तारा ज्ञवालीले पनि खुला सीमाका कारण नेपाली उत्पादनले पर्याप्त मूल्य पाउन नसकेको बताए । “भारतीय कृषि उपजको मूल्यमै हामीले आफ्ना उत्पादन बिक्री गर्न बाध्य हुनु परेको छ”, उनले भने, ‘‘हाम्रा उत्पादनले उचित मूल्य पाउन सकेको छैन ।”
विभिन्न किसिमका तरकारी र फलफूलका बिरुवा उत्पादन गर्दै आएका नेपाल कृषि विकास फार्मका सञ्चालक अधिकारीले राज्यले नीतिगत रुपमै स्थानीय उत्पादन प्रवद्र्धनको व्यवस्था गर्नुपर्ने बताएका छन् । स्थानीय तहले बाड्ने तरकारी तथा फलफूलका बिरुवासमेत बाहिरबाट आयात गरिएकाले यहाँको कृषि उद्यम फष्टाउन सकेको छैन ।

“आफ्नै ठाउँमा उत्पादित बिरुवा बाड्ने हो भने त्यसले यहीको कृषि क्षेत्र फष्टाउने मात्रै होइन उद्यमीलाई जिम्मेवारसमेत बताउँछ”, ज्ञवालीले बताए । भारतीय किसानका तरकारी, फलफूल जन्य उत्पादन उनीहरुको खेतबाट नेपाली बजारसम्म पुग्दा त्यसको गुणस्तरमा ह्रास आइसक्ने गरेको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ बढी मुनाफा लिने नाममा स्वास्थ्यमा ध्यान नदिएको बताउँछन् । “हामी दुई रुपैयाँ सस्तोको लोभमा आफ्नो स्वास्थ्यको ख्याल गरिरहेका हुँदैनौँ ।” उपभोक्ता आफैँ पनि सचेत हुनुपर्ने उनको भनाइ छ ।

साना तथा मझौला कृषक आयस्तर वृद्धि कार्यक्रम (रिज्म) नेपालगञ्जका प्रमुख गोकर्ण अर्यालले स्थानीय उत्पादनको प्रवद्र्धन नागरिकस्तरबाट नै शुरु हुनुपर्ने धारणा राख्छन् । “कागजी योजना, नीति र बोलेर मात्रै हुँदैन स्थानीय कृषि उपजलाई प्रवद्र्धन आफैँबाट शुरु गरिनुपर्छ”, अर्यालले भने, “सस्तो मात्रै हेर्नुभन्दा स्वास्थ्यको ख्याल पनि गरिनुपर्छ ।” आफूले खानाका लागि प्रयोग गर्ने कृषि उपज कहाँबाट ल्याइएको हो र त्यो कुन गुणस्तरको छ भन्नेमा उपभोक्ता सचेत हुर्ने अर्याल बताउँछन् ।

किसानले भने भारतबाट आउने कृषि उपजमा कर लगाउने र त्यसको नियमनमा कडाइ गरेमात्र नेपाली उत्पादन फष्टाउन सक्ने बताउँछन् । श्री हरियाली कृषक समूह बैजनाथका किसान दीपककुमार थारु भन्छन्, “खाद्य पदार्थ उपभोक्ताको स्वास्थ्यसँग जोडिने हुनाले त्यसको गुणस्तर भन्सारमा नै परीक्षण गर्ने व्यवस्था मिलाइनुपर्छ ।”

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले नेपाली उत्पादकको पहुँच सिँधै उपभोक्तासम्म नहुँदा उचित मूल्य किसानले पाउन नसकेको बताउँछन् । उनले किसानलाई बिचौलियाबाट जोगाएर सिँधै उपभोक्ताको पहुँचमा पु¥याउन हाट बजारको व्यवस्था गरिनुपर्ने धारणा राख्छन् ।
“किसानले सिँधै आफ्ना उत्पादन उपभोक्तालाई बेच्न पाउने हो भने कृषि उत्पादनको राम्रो मूल्य प्राप्त गर्न सक्छन्”, अध्यक्ष वैश्यले भने, “कृषि हाट बजारका लागि हामी प्रयासरत् छौँ । स्थानीय तहलाई पनि त्यसबारे ध्यानाकर्षण गराउँदै आएका छौँ ।”

वस्तुको उत्पादनसँगै त्यसको उपयुक्त बजारीकरण नहुँदा पनि कृषि उपजले उपयुक्त मूल्य प्राप्त गर्न नसकेको उनको भनाइ छ । “किसानले आफूले उत्पादन गरेका वस्तुहरु ताजा र स्वस्थ छन् भन्ने सन्देश प्रवाह गर्न नसक्दा पनि बजारीकरणको समस्या भएको हो”, उनले भने ।

नेपालगञ्ज नाकाबाट चामल आयात बढ्दो
नेपालगञ्ज भन्सारबाट बढी भित्रिने वस्तुहरुमध्ये चामल रहेको देखिएको छ । चालू आव २०७५÷७६ को जेठ मसान्तसम्म रु ११ करोड ५७ लाख ५७ हजार ५०३ केजी चामल नेपालगञ्ज भन्सार कार्यालयबाट भित्रिएको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा रु आठ करोड २७ लाख ८४ हजार २४५ केजी चामल नेपालगञ्ज नाका भएर भित्रिएको नेपालगञ्ज भन्सारको अभिलेखमा छ । भन्सारमा राजश्व नतिरी घरका लागि भन्दै चामल ल्याउनेको सङ्ख्या पनि ठूलो रहेको छ । जसको तथ्याङ्क नै छैन ।

नेपालगञ्ज भन्सार कार्यालयबाट सबैभन्दा बढी राजश्व पेट्रोलियम पदार्थको आयातमा हुने गरेको छ । गत आवको जेठ महीनासम्म डिजेल एक लाख ५० हजार ७७४ केएल भित्रिएको छ । त्यस्तै पेट्रोल ३५ हजार ३१२ र एलपी ग्यास तीन करोड १३ लाख १२ हजार ६५ केजीमा भित्रिएको छ ।

भन्सारले डिजेलबाट रु दुई अर्ब ९३ करोड ६८ लाख ५३ हजार असुल गरेको छ । त्यस्तै पेट्रोलबाट एक अर्ब २६ करोड २४ लाख ४१ हजार, एलपी ग्यासबाट रु ४८ करोड ३७ लाख ९८ हजार असुल गरेको नेपालगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख शरदकुमार केसीले बताए ।

यो तथ्याङ्कले चामलमा पैठारी धेरै देखिएको छ । “राजश्व बढ्दो छ । तर निर्यातका हिसाबले ठीक होइन”, केसीले भने, “नेपाली उत्पादन निकै थोरै मात्रामा भारतमा निर्यात हुने गर्छ ।”

नेपालगञ्ज भन्सारको बाटो भएर तेस्रो मुलुकबाट अल्मोनियम स्क्रेप, कपर स्क्रेप, प्लाष्टिक, दानालगायतका वस्तुहरु पैठारी हुन्छन् । भारत निकासी हुने वस्तुहरुमा खयर कत्था, जडिबुटी, अदुवा, सुठो आदि पर्दछन् भने तेस्रो मुलुक निकासी हुने वस्तुहरु गहुँको पीठो, भैंसीको मासु, जटामसी आदि रहेका छन् । नेपालगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख केसीले पेट्रोलियम पदार्थ, सवारी साधन, सिमेन्ट, तोरी, चिनी, चामल, पत्थर कोइला, कपडा, मोटरका पार्टपूर्जा आदि बढी आयात हुने गरेको जानकारी दिए ।

वि.सं.२०७६ साउन ११ शनिवार १७:४३ मा प्रकाशित

Himalayan Life AD
यी हुन् कास्कीका ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

यी हुन् कास्कीका ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

गण्डकी । कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र...

निर्वाचन १९ दिन बाँकीः मतपत्र छपाइको काम अन्तिम चरणमा

निर्वाचन १९ दिन बाँकीः मतपत्र छपाइको काम अन्तिम चरणमा

काठमाडौँ । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ ।...

जसपाको घोषणापत्र सार्वजनिक, के छ घोषणापत्रमा ?

जसपाको घोषणापत्र सार्वजनिक, के छ घोषणापत्रमा ?

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य...

मध्यपूर्वमा अमेरिकी सैन्य दबाब बढ्दै

मध्यपूर्वमा अमेरिकी सैन्य दबाब बढ्दै

तेहरान । अमेरिकाले दोस्रो विमानवाहक पोत मध्यपूर्वतर्फ पठाएको छ, जसमा...

अष्ट्रेलियाका विश्वविद्यालयमा कर्मचारीको मानसिक स्वास्थ्य जोखिम बढ्दै : अध्ययन

अष्ट्रेलियाका विश्वविद्यालयमा कर्मचारीको मानसिक स्वास्थ्य जोखिम बढ्दै : अध्ययन

क्यानबेरा। अष्ट्रेलियाका विश्वविद्यालयहरूमा कर्मचारीहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षासम्बन्धी जोखिममा...

जसपाको घोषणापत्र सार्वजनिक

जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य...