नया ठाऊ, नचिनेका मानिस, नजानेको भाषा, बिदेश भ्रमण सजिलो पक्कै छैन । त्यसैले बिदेश भ्रमण गर्दा आफन्त र साथीभाई लाई राम्ररी गाइड नगर्दा धेरै दुख पाएको घटनाहरू सुन्नमा आउछ । सबैले जानेको बुझेको सामान्य लाग्ने यी कुराहरू नबुझाउदा आफन्तले दुख पाउछन ।
बिदेश भ्रमण वा Flight गर्दाका लागि केहि सुझाव/सल्लाह :
1. मिले सम्म सिधा वा कम समयमा पुग्ने उडान बुक गर्ने ।
2. Transit समय कम भएको बुक गर्ने ।
3. सके सम्म फरक Terminal भएको Transit मा बुक नगर्ने, भएमा राम्ररी बुझाउने ।
4. नेपाली धेरै कामदार भएकाले कतार लाई प्राथमिकतामा राख्ने ।
5. Carry on bag सानो र हल्का राख्ने ।
6. अमेरिका जाने भनेर कुनै खानेकुरा, मिठाई, रोटी, अचार नबोक्ने र सबै बिदेशमा पाइन्छ भन्ने कुरा संझाउने ।
7. Airport check in airline, ticket and boarding pass process बारे राम्ररी संझाउने
8. बाथरूम प्रयोग र खाना बारेमा राम्ररी संझाउने ।
9. Call/Assistant light, fan, TV बटनहरू बारे बताउने ।
10. Wheel chair मा बस्दा कहां कसरी लिन र छोड्न आउछ, राख्छ बताउने ।
11. अमेरिका भित्र प्रथम पटक जादा भिषा प्रक्रिया बारे राम्ररी बताउने ।
12. भिषा processing को लागि बिध्यार्थि, टुरिष्ट,ग्रिन कार्ड, सिटिजनको लाइन र कोठा फरक हुने कुरा राम्ररी बताउने । हराउने, झुक्किने शंभावना धेरै हुन्छ ।
13. सके सम्म अमेरिका भित्रै अर्को connecting flight बुक नगर्ने ।
14. यदि connecting flight भएमा भिषा लागे पछि सबै सामान बुझेर अर्को प्लेनमा आफैले बुझाउनु पर्छ भन्ने कुरा राम्ररी बुझाउने !
15. लगेज कार्टमा राखेर गुडाउने र भाडामा लिनु पर्छ भन्ने कुरा बुझाउने ।
16. No English,Translation, phone contact list, Address चिट दिने ।
17. Wifi जोड्न र हराएमा कहा, कसरी, कसलाई फोन गर्ने वा फोन माग्न वा सहयोग माग्न राम्ररी सिकाउने ।
18. सहयोग चाहिएमा वा फोन गर्नु परेमा customer service जान सिकाउने ।
19. Exit को लागि passengers को पछि लागेमा सजिलै बाहिर जाने ढोका सम्म पुग्न सकिने बारे बताउने ।
20. गेट नम्बर र ढोका भित्र बस्न सिकाउने ।
21. Passport, Visa, बारे बुझाउने ।
22. यदि बिरामी बाबुआमा भए Traveling health Insurance गर्ने ।
23. Medicine, केहि नगद दिन नभुल्ने र डलर खर्च गर्दा कंजुस नबन्न भन्ने ।
Internal flight:
1. प्लेनको नाम, गेट र जोन नम्बर टिकट र board मा हेर्न र सोध्न सिकाउने ।
2. Carry on bag liquid 100ml and solid 3.4 ounce or less मात्र, No food ।
3. ID or passport and ticket security check point मा हातमा लिन सिकाउने ।
4. Check in online गरि दिने र मिले सम्म widow seat लिने ।
5. boarding pass and tickets को फोटो खिचेर फोनमा राख्न सिकाउने ।
6. जिप लक Transparent ब्यागमा Liquid सामान राखि दिने ।
7. airlines नियम बारे बुझ्ने र आबस्यकता अनुसार संझाउने ।
8. सेक्युरिटीमा गहना गुरिया कम वा नलगाउने ।
9. कम्तिमा पनि २ घन्टा अगाडि पुर्याउने ।
10. प्लेनमा केहि खान दिदैन भनि बताउने । हल्का स्नाक राखि दिने ।
11. प्लेनमा जानु अगाडि बाथरूम जान सिकाउने ।
12. पानीको खाली बोतल, स्बाथरूम बाहिर पानी भर्न सिकाउने ! वा किन्न कंजुस नहुन बताउने ।
13. phone charger, air plugs, eye mask ब्यागमा राखि दिने ।
14. लिन र छोड्न जान नमिले ट्याक्सी वा उवर लिई घर आउन सिकाउने ।
घरमा आएर मिठो खुवाउने र बाटोका रमाइलो गफ गर्ने भन्न नपर्ने । यी सबैले जानेका पढ्दा सामान्य र झिना मसिना लाग्ने साना कुराहरू नगर्दा आफन्तले धेरै दुख पाएका घटनाहरू धेरै सुनेका छौ । भै हाल्छ, चलि हाल्छ, आई हाल्नुन्छ जस्ता अनुमान गर्नु राम्रो होइन ।
पछुताउनु भन्दा सतर्कता अपनाउनु राम्रो ।
राम्ररी नभन्ने र नसंझाउने दोष हामी जान्नेहरू कै हो ।