
१२ साउन, काठमाण्डौं । शेरबहादुर देउवा नेपाली कांग्ेसको सभापतिमा निवार्चित भएको आगामी फागुनमा चार वर्ष पुरा हँुदैछ । विधानको अतिरित्त सुविधा प्रयोग नगर्नै हो भने फागुनभित्र कांग्रेसको १४ औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर बाँकी आठ महिनामा महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर बाँकी आठ महिनामा महाधिवेशन सम्भव नभएपछि पार्टीका शीर्ष नेताहरु एक वर्ष कार्यकाल बढाउन तयार भएका छन् ।
सभापति देउवासहित संस्थापन मात्र होइन, नेता रामचनद्र पैडेल, कृष्णप्रसाद सिटैलासहितको अस्न्तुष्ट पक्ष पनि विधानअनुसार महाधिवेशन गर्न कार्यकाल लम्ब्याउन तयार छ । तर कार्यकाल बढाउने कुरा अलोकप्रिय हुने निष्कर्षमा रहेका दुवै पक्षले कार्यकालल बढाउने विषयमा मुख खोलेका छैनन् । पार्टीे शीर्ष नेताहरुबीच नै बढ्दो अविश्वासका बीच असन्तुष्ट पक्ष थपिएको समयमा महाधिवेसन गराउन अर्को पक्षबाट सहयोग पाउनेमा आश्वस्त हुन सकेका छैन । एक वर्ष कार्यकाल थप गर्नुपर्छ भन्नेका सस्ंथापन र इतर दुवै पक्ष तयार रहेको केन्र्दीय सदस्य श्यामकुमार घिमिरेले बताए । आइतबारको नागरिक दैनिकबाट ।