Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

स्कुल विभागमा नारायणकाजीको टुंगो, विभाग र आयोगहरु सोमबार टुङग्याउँदै



१२ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको कार्यविभाजनमा स्कुल विभागले खडा गरेको अवरोध अन्त्य भएको बताइएको छ ।

नेकपाको एक उच्च नेतृत्वको सुत्रका अनुसार प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ लाई स्कुल विभाग दिने सहमति बनेको छ । आज आइतबार बस्ने बैठकबाट निर्णय घोषणा हुने गरी दुई अध्यक्षबीच सहमति भएपनि बाँकी घोषणा समेत एकैपटक हुनेगरी बैठक सोमबार सम्मका लागि सारिएको छ ।

नेकपाका शिर्ष नेता माधवकुमार नेपाललाई विदेश विभाग, अर्का नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान र वामदेव गौतमलाई संगठन विभागमा सहमति भएको हल्ला यसअघि नै गरिएपनि स्कुल विभागको बारेमा धेरै दाबी प्रचारमा आएका थिए । स्कुल विभागबाट ईश्वर पोख्रेल टसकोमस नहुने भनेर हल्ला गरिएपनि पार्टी एकता र दुई स्कुलिङ्गको संवेदनशिलता ख्याल गरी उनलाई दिनै नहुने चर्को आवाज पूर्व एमालेबाटै उठेपछि घनश्याम भुसाल ,डा. बेदुराम भुसााल, राम कार्की, योगेश भट्टराई, टंक कार्की सम्मको नाम प्रचारमा आएको थियो ।

यसैबीचमा झलनाथको नाम अघि सारेर सहमति जुट्ने हल्ला पनि भए । तर पूर्व माओवादीधारका नारायणकाजीलाई स्कुल विभाग दिएर सन्तुलन मिलाउन माधव नेपालले समेत केपी ओली र प्रचण्डलाई सल्लाह दिएको सुत्रले बताएको छ ।

पार्टीका विभाग र आयोगहरुको टुंगो एकमुष्ट रुपमा सोमबारको बैठकले टुङ्ग्याउने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले