Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

रङ्गशाला निर्माणाका लागि महानगरका कर्मचारी र जनप्रतिनिधिद्वारा सहयोग




१२ साउन, काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु ५१ लाख ५० हाजर सहयोग गरेका छन् । महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई आज यहाँ आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गरे। महानगरपालिकाका २९ वटै वडाका कर्मचरी र जनप्रतिनिधिबाट सो रकम सङ्कलन गरिएको थियो ।

उनले रङ्गशाला निर्माणका लागि जिल्लावासी जुरमुराएका छन् भन्दै यो रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा पनि महोल सिर्जना गर्नुपर्नेमा जोड दिए। सो रङ्गशाला निर्माणका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा रु पाँच करोड ४५ लाख विनियोजन गरिसकेको छ भने प्रदेश नं ३ बाट पनि रु पाँच करोड विनियोजन भएकाले अहिले डिपिआर निर्माणको काम तीव्ररुपमा अघि बढिरहेको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए। गत माघ १६ गते उक्त फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच रङ्गशाला निर्माणका लागि सम्झौता भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले