Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

लाईसेन्स परीक्षाफल प्रकाशित



१२ सोमबार , काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स परीक्षा) अन्तर्गत स्नातक तह (एमबिबीएस) र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ ।

शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम भरेका थिए । तीमध्ये आठ जना अनुपस्थित र एक हजार ३११ जना अर्थात् ७८ उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

यसैगरी बिडीएसतर्फ ३५३ जना सहभागीमध्ये १३८ जना अर्थात् ३९ प्रतिशतमात्र परीक्षार्थी उत्तीर्ण भएको काउन्सिल सदस्य प्रा डा ढुण्डिराज पौडेलले जानकारी दिए। काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण नभइकन बिरामी परीक्षण गर्न पाइँदैन । पछिल्लो समय काउन्सिलको लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुनेको सङ्ख्यामा वृद्धि भइराखेको छ ।

यसैबीच नेपाल चिकित्सक सङ्घको आगामी निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतको जिम्मा डा बाबुराम मरासिनीलाई दिइएको छ । निर्वाचन माघ महीनामा हुँदैछ । केन्द्रीय सहकोषाध्यक्ष डा प्रकाश बुढाथोकीका अनुसार प्रमुख निर्वाचन अधिकृत डा मरासिनीले समितिमा अन्य दुई चिकित्सक मनोनीत गर्नुहुनेछ ।

सङ्घको आगामी फागुनको १५ देखि १७ गतेसम्म पोखरामा आयोजना हुने २८औँ सम्मेलनपूर्व निर्वाचन कार्यक्रम सम्पन्न हुने उहाँले जानकारी दिए । सङ्घमा हाल आठ हजारभन्दा बढी चिकित्सक सदस्य रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले