Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

कृषि उत्पादन बढाउन सात पकेट क्षेत्र




१२ साउन, काठमाडौँ । तरकारी, दूध तथा मासुजन्य उत्पादनमा नगरलाई नै आत्मनिर्भर बनाउने उद्देश्यले कनकाई नगरपालिकाले नगरभित्र सात वटा पकेट क्षेत्र घोषणा गरेको छ । कृषि र पशुपालनका लागि रु एक करोड २० लाख बजेट विनियोजन गर्दै नगरपालिकाले तरकारी, माछा, च्याउ, मौरी, पशुपक्षी, धान र मकैको उत्पादन बढाउन वडावडामा छुट्टाछुट्टै पकेट क्षेत्र घोषणा गरेको हो ।

नगरपालिकालाई विषादीरहित, अर्गानिक खेती उन्मुख क्षेत्रका रुपमा विकास गरिने जनाउँदै कृषिजन्य वस्तुहरुको उत्पादन सम्भाव्यता, अनुकूलता हेरेर वडावडामा पकेट क्षेत्र घोषणा गरिएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए।

नगर प्रमुख पोखरेलका अनुसार वडा नं ४ को त्रिवेणी क्षेत्र तरकारी पकेट, ५ र ६ लाई मकै पकेट, ३ र ७ लाई च्याउ खेती पकेट, ४ को कनकाई टोल, ५ र ३ को सीमा क्षेत्रलाई मौरी पकेट क्षेत्र घोषणा गरिएको छ । त्यस्तै वडा नं १ र २ लाई पशुपक्षी पकेट क्षेत्र र ८ लाई धान पकेट, ९ लाई धान र माछापालन पकेट क्षेत्र घोषणा गरिएको छ ।

नगरपालिकाले कृषि तथा पशंपक्षी क्षेत्रमा आउन सक्ने जोखिमलाई समेत न्यूनीकरण गर्न कृषि तथा पशुपक्षी बीमा कार्यक्रमलाई थप विस्तार तथा प्रभावकारी बनाउने नगर प्रमुख पोखरेलले बताए । उहाँले आफ्नो निजी जमिनलाई कृषि भूमिका रुपमा घोषणा गर्ने कृषकलाई सम्पत्ति कर, मालपोत तथा भूमि करमा लाग्ने करमा समेत विशेष छुट दिइने बताए ।

सात पकेट क्षेत्रलाई व्यवस्थित गर्न नगरपालिकाले कृषकका लागि माछाका भुरा, मौरीको घार, च्याउको बीउमा सहयोग, धान तथा मकैको बीउ खरिदमा सहयोग, कृषि चुन वितरण र सतह सिँचाइको व्यवस्थापन गर्ने भएको छ । पशुपालक कृषकका लागि पशु आहार सेवा, बाख्रा तथा बङ्गुर प्रवद्र्धन कार्यक्रम, गोठ सुधार कार्यक्रम, बहुवर्षीय घाँसको बीउ वितरण गरिने नगर प्रमुख पोखरेलले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम