back
CTIZAN AD

भवन छैन महानगरको, बहालमा कार्यालय

वि.सं.२०७६ साउन १२ आइतवार

888 

shares

१२ साउन, काठमाडौँ । महानगरपालिका भित्रका घरबाट बहाल कर उठाउँदै आएको काठमाडौँ महानगरपालिका आफैँ भने बहालको घरमा बस्दै आएको छ । महानगरपालिकाको मुख्य कार्यालयलगायतका केही कार्यालय भाडामा र केही कार्यालय जिल्लास्तरीय विषयगत कार्यालयमा रहेका छन् ।

सबैभन्दा बढी जनसङ्ख्याको बसोबास रहेको कामपा आफ्नै भने भवन छैन । पहिले महानगरपालिकाको कार्यालय रहेको बागदरबार पुनःनिर्माणका लागि गुठी संस्थानले अनुमति नदिएपछि अहिले कामपा आठ ठाउँमा छरिएको छ । कामपाका वडाको भवन निर्माण अघि बढिरहँदा महानगर आफ्नै भने भवन कहिले र कहाँ बन्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।

महानगरपालिकाको आफ्नै भवन नहुँदा महाशाखा छरिएको र यसले गर्दा महानगरवासीलाई सेवा लिन गाह्रो भएको प्रवक्ता ईश्वरमान डङ्गोलले बताए। महानगरपालिकाभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा भए पनि पायक पर्ने ठाउँमा जग्गा नभएकाले भवन निर्माणको योजना नै बनाउन नसकिएको उनको भनाइ छ ।

पहिले भवन भएकै स्थान सुन्धारा वा त्यसको आसपास हुँदा यहाँका ३२ वटै वडालाई पायक हुने उनको भनाइ छ । उनले भने , “वडा नम्बर ३१ र ३२ लगायतका केही स्थानमा जग्गा भए पनि सबैलाई पायक नपर्ने हुँदा हामीले भवन निर्माणको योजना बनाएका छैनौँ ।”

विसं २०७२ को भूकम्पमा बागदरबार क्षतिग्रस्त बनेको थियो । भवन बस्नै नमिल्ने गरेर जीर्ण भएपछि अहिले कतिपय पहिलेका जिल्लास्तरीय कार्यालय र कतिपय भाडाका घर कार्यालय छरिएर रहेको प्रवक्ता डङ्गोलले बताए ।

सेवाग्राहीले एउटै कामका लागि तीन÷चार ठाउँमा धाउनु परेको गुनासो गरिरहेको उनले बताए । उनले भने, “एउटा कार्यालयबाट अर्को नजिकसमेत नभएकाले सानो काममा पनि समय लागेको छ ।”

सो भवन क्षतिग्रस्त भएपछि कामपाले भवन भत्काएर सोही स्थानमा पुनःनिर्माण गर्ने योजना बनाएको थियो । पुरातत्व विभागले पहिले सो भवन भत्काउन नमिल्ने बताउँदै आएको थियो भने अहिले भत्काए पनि पुरानै स्वरुपमा निर्माण हुनुपर्ने बताउँदै आएको छ । केही संस्कृतिविद्ले ऐतिहासिक सम्पदा भएकाले भत्काउन नहुने भन्दै सर्वोच्चमा रिट निवेदन हालेका थिए । अदालतले गत असोजमा नै नभत्काउनु भन्दै अन्तरिम आदेश दिएको थियो ।

अहिले सो भवन के गर्ने भन्ने टुङ्गो लागी नसकेको प्रवक्ता डङ्गोलले बताए। सङ्घीय सरकारले नै भवन निर्माणबारे नीतिगत निर्णय लिनुपर्नेमा उनको जोड छ । उनले भने, “सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै कसरी अघि बढ्ने भन्ने नेपाल सरकारले नै निर्णय गर्नुपर्छ ।”

कामपाले नगरवासीलाई नै सुविधा दिने उद्देश्यले सबै महाशाखा, शाखालगायतका कार्यालय अट्ने गरेर ठूलो भवन भाडामा लिने तयारी गरेको प्रवक्ता डङ्गोलले बताए । कर्मचारी सञ्चय कोषको काठमाडौँ मललगायतका दुई÷चार ठाउँमा महानगरले भवन भाडामा लिनका लागि छलफल गरिरहेको छ । उनले भने, “हामीले सकेसम्म सबै कार्यालय अट्ने गरेर ठूला भवन भाडामा लिन खोजिरहेका छौँ ।”

अहिले महानगरपालिकाको प्रमुख, उपप्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र प्रशासन विभाग सुन्धारा नजिकैको भवनमा रहेको छ । सोही भवनमा नै अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय, सार्वजनिक खरीद एकाइ, आन्तरिक लेखा परीक्षण, पञ्जीकरण तथा नाता प्रमाणित एकाइ शहरी सुव्यवस्था एकाइ र नगर प्रहरी महाशाखा रहेको छ । बबरमहलस्थित जिल्ला समन्वय समितिको कार्यालयमा कामपाका सामाजिक विकास विभाग, विपद् व्यवस्थापन विभाग, सूचना प्रविधि महाशाखा, महिला बालबालिका महाशाखा, सार्वजनिक निजी साझेदारी एकाइ, सम्पदा तथा पर्यटन विभाग र शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन महाशाखा रहेको छ ।

बबरमहलमै कर कार्यालय अगाडि कामपाको राजश्व विभाग, निर्माण इजाजत विभाग, शहरी पूर्वाधार विकास विभाग रहेको कामपाले जनाएको छ । सूचना प्रविधि विभाग (मेट्रो एफएम सहित) , जिन्सी शाखालगायतका कार्यालय राष्ट्रिय सभागृहमा र शिक्षा विभाग ताहचलमा रहेको छ । कामपाको चःमति जग्गा एकीकरण आयोजना, मनोहरा जग्गा एकीकरण आयोजना र नयाँबजार जग्गा एकीकरण आयोजना टेकुमा र सहकारी कार्यालय बिजुलीबजारमा रहेको छ ।

महानगरपालिकाले वडाका कार्यालयमा भवन निर्माण गर्ने र आवश्यकतानुसार भवन थप गर्दै आएको छ । गत वर्षदेखि शुरु गरिएकामा आगामी वर्ष छुट्याइएकामा यस वर्षसमेत निरन्तरता दिने योजना छ । (रासस)



वि.सं.२०७६ साउन १२ आइतवार १७:१५ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...