
१३ साउन, काठमाण्डौं । नेपाली कांग्रेस पर्वतका सचिव यूक्त प्रसाद श्रेष्ठको मृत्यु स्वभाविक नरहेको भन्दै सो घटनाको गम्भीर रुपले छानविन गनुपर्ने आवाज उठेका छन् ।
२०७६ साउन १२ आइतबारे हिमालयन सपिङ सेन्टरको छतवाट खसेर मुत्यु भएको भनिएका श्रेष्ठको शब र प्रकृति हेर्ला ८ तलाबाट खसेरै र आत्महत्या गरेर मृत्यु भएको भन्ने विषयमा शंका गरिएका छन् ।
घटना लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले उनलाई अस्प्ताल पुर्याउँदा मृत घोषणा गरिएको जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले प्रत्यक्षदर्शीहरुको भनाई उदृत गर्दै ‘सपिङ सेन्टरको सबैभन्दा माथिल्लो तलाबाट उनी हाम फालेको’ बताएका छन् । तत्काल उपचारका क्रममा पिपुल्स अस्पताल लैजादा नै उनको मृत्यु भइसेको अनुमान गरिएको छ ।
माथिल्लो तलामा एक्लै गएर सेल्फी खिच्न लाग्दा लडेको, उनी तलाबाट सरासर माथि पुगेर सेल्फीको बहनामा हामफालेको, चिप्लिएर लड्न पुगेको आदी इत्यादि शंका उपसंका गरिए पनि उनी आत्महत्याका लागि हाम फालेको भन्ने तर्कमा नै बढि पुष्ट्याई देखिएको छ ।
यसका आधारमा प्रहरीले भवितव्यको प्रारम्भिक मुचुल्का तयार पारेको जानकारी प्राप्त भएको छ । ‘घटना हेर्दा र शवको प्रकृति हेर्दा धेरै शंका गर्न सकिन्छ’ पर्वत कांग्रेसका एक नेताले सन्सारन्युजसँग भने । सो सम्बन्धमा नेपाली कांग्रेस पर्वतका अध्यक्ष खिम प्रसाद भुसालले १० बजे पोस्टमार्टम पछि थप प्रतिक्रिया दिन सकिने बताउँदै श्रेष्ठको मृत्युबारे ‘प्रहरी प्रशासन गम्भीर भएर अनुसन्धान गर्ने’ विस्वास राखेको संसारन्युजलाई बताए । पर्वत कांग्रेसका युवा नेता राजेन्द्र तिवारीको मत पनि लगभग उस्तै छ, उनले भने, ‘अनुसन्धान प्रक्रिया पुनरावलोकन समेत गर्न र सत्य तथ्य ल्याउन जोड दिएका छौं ।’
बालुवाटारको ललिता निवास जग्गा प्रकणरमा सुर्वण शम्सेरका हकवालालाई जग्गा नामसारी गर्न ‘आन्तरिक कागजात मिलाएको’ आरोप सहित अख्तियारमा बयान दिएर तारेख खेपिरहेका श्रेष्ठलाई त्यहि कारणले मृत्युवरण सम्म गर्नु पर्यो वा अरु कुनै षडयन्त्र र दवाव सहनु पर्यो त्यो भविष्यले बताउला तर उनको आत्म्हत्या सो घटनाकै कारण भएको भनेर धेरै संचारमाध्यममा आइसकेका छन् ।
डिल्लीबजार मालपोतका खरिदार र नासु हुँदै अवकाश लिएर खुला राजनीतिमा होमिएका उनी पर्वत कांग्रेसको मनोनित सचिव थिए । फलेवास नगरपालिकाको मेयरमा दावी गरेको भनिएका उनी राजनीतिक भन्दा लायन्समार्फत् समाजसेवामा बढि सक्रिय थिए ।
सामाजिक व्यक्तित्वको रुपमा राम्रो नाम कमाएका उनलाई ‘अख्तियार घटनाले ठूलो शक उत्पन्न’ भएको हुन सक्ने देखिन्छ । पर्वतका कांग्रेसजन बाहेक, नेकपा र अन्य राजनैतिक पार्टी तथा संघसंस्था तथा लायन्समा जोडिएका सयौं अभियन्ताहरुले उनीप्रति श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
परिवार शुत्रका अनुसार११ बज हुने पोस्टमार्टमसँगै संस्कार र विधि अनुसार आजै ३ बजे उनको अन्तेष्टि पशुपतिको आर्यघाटमा गरिने छ ।
‘आज जुन घटना भएको छ, त्यसलाई बालुवाटार प्रकरणसँग जोडेर हाम फालेर मृत्यु भएकोको रुपमा मात्र लिन सकिदैन । सात तलामाथिबाट खसेको ब्यक्तिको शरिरमा कुनै चोट नलाग्नु र घटनास्थलमा कुनैपनि रगत नदेखिनु, सिसि क्यामेरा गायब हुनुले यो घटनालाई थप रहस्यमय बनाएको छ । कतै दोषजति श्रेष्ठको थाप्लोमा थोपर्नका लागि यो घटना गराइएको त होइन ? त्यसैले घटनाको निष्पक्ष रुपमा छानविन गरी सत्य कुरा बाहिर आउनुपर्छ ।’ युक्तको आत्महत्याको विषयमा सामाजिक संजालमा यस्ता कुराहरु आइहरेका छन् ।