
जुलाई २९, कोलोराडो, अमेरीका । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको जुलाई २८को सम्पन्न साधारण सभाले तारा अधिकारीको अध्यक्षतामा ७ सदस्सिय कार्यसमिती सर्वसम्मत चयन गरेको छ ।
यस अधि संस्थाले दुईपटक सम्म निर्वाचन कमिटी गठनगर्दा समेत निर्वाचन प्रक्रिया सफलताका साथ सम्पन्न हुन नसकेपछि संस्थाले साधारण सभा बोलाएको थियो । सोही साधारण सभाले ७ सदस्सिय कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।हेल्पि¨ हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पदाधिकारीहरु निर्विरोध चयन भएका हुन् । यसरी चयन भएका पदाधिकारीहरुमा उपाध्यक्ष, महासिचव, सचिव र कोषाध्यक्षमा क्रमश मिना पौडेल, संझना आचार्य, यसोदा भट्ट र रमेश कोईराला रहेका छन् भने, राजु सिटौला र दिपक सुनुवार सदस्यमा चयन भएका छन् ।
कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धीजिवी, कवी कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको उपस्थिती रहेको थियो । उपस्थित अतिथी तथा प्रमुख अतिथीहरुले प्रवासमा नेपाली भाषा सहित्यको बिकास गर्ने उद्धेश्यले अमेरिकाको वाशिंटनमा १९९१ स्थापीतअन्तराष्ट्रिय नेपाली साहित्य समाजको पहिलो च्याप्टर कोलोराडो रहेको इतिहासकोट्याउदै, संस्थाको च्याप्टरहरु आज विश्वभर फौलाउन कोलोराडोको विशेष भुमिकारहेको बताए ।
यसरी शुभकामना दिनेहरुमा प्रमुख अतिथी नारायण श्रेष्ठ, बरिष्ट साहित्यकार तथापूर्व केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल, निबर्तमान केन्द्रिय अध्यक्ष पदमबिश्वकर्मा, प्राध्यापक बिजयराज शर्मा लगायतका रहेका थिए ।यसैगरी सोही कार्यक्रममा प्रमुख अतिथी नारायण श्रेष्ठले अन्तराष्ट्रिय नेपालीसाहित्य समाज कोलोराडो च्याप्टर अन्तर्रगत रहनेगरी नेपाली भाषा साहित्यकोक्षेत्रमा नेपाल र प्रवासमा रहेर अमुल्य योगदान गर्ने एक जनालाई हरेक बर्षपुरस्कृत गर्ने उद्धेश्यले ज्ञानेन्द्र गदाल भाषा साहित्यकोष खडागर्न प्रस्ताव गरे ।
साधारण सभाले सर्वसम्मत उक्त प्रस्ताव पासगरेपछि, उनले अक्षय कोषकोशुरुआत गर्न ५ सय डलर सहयोग दिने घोषणा गरे । यस कोषलाई बृद्धीगर्न भबिश्यमापनि सहयोग गर्दै जाने प्रतिबद्धता जनाए ।संस्थाका निर्वाचित पदाधिकारीहरुलाई बरिष्ठ साहित्यकार तथा निर्वाचन कमिटीकासंयोजक ज्ञानेन्द्र गदाले सफद खुवाएका थिए भने बर्तमान कार्यसमितीका अध्यक्षकृष्णमुरारी ढुङ्गेलले नवनिर्वाचित कार्यसमितीलाई बधाई दिदै कार्यभारबिधीपुर्वक हस्तान्तरण गरेका थिए ।
भानु जयन्तीको अवशर पारेर आयोजना गरिएको कवी गोष्ठी तथा साधारण सभाकोकार्यक्रम आदी कवी भानुभक्तको तस्वीरमा माल्र्यापण गर्दै अधि बढेको थियो ।कार्यक्रमको पहिलो सत्रमा उपस्थित कवी कवयत्री तथा गायकहरुले आ–आफ्नो रचनावाचन गरेका थिए । भानु जयन्ती भएका कारण अधिकांस रचनाहरु भानुप्रती समर्पितरहेको थियो । यसरी सृजना प्रस्तुत गर्नेहरुमा कृष्णमुरारी ढुङ्गेल, पदमबिश्वकर्मा, साबु गदाल , यसोदा भट्ट, समीर आचार्य, रामप्रसाद मरासैनी , सरिताआचार्य, उषाकिरण अधिकारी, सार्थक आचार्य, हरिकुमार श्रेष्ठ, निर्मल प्याकुरेल,बासु खनाल, संझना आचार्य, भिष्म प्रधान, दामोदर लुईटल, श्याम कुमार श्रेष्ठ लगायतका रहेका थिए ।च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका महासचिव श्याम श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रमकोअन्तमा संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले कार्यक्रम उपस्थित भई सफलताका साथ निर्वाचन प्रकृया टु¨याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछभन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आफ्नो देशचाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरकोआयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गरेको छ ।