
१३ साउन ,काठमाडौं । काठमाडौँ महाननगरपालिका ३१ कात्यानी चोकस्थित ममता गुरुङको घरमा आइतबार साँझ चोरी भएको छ ।
ममता गुरुङको घरबाट नगद ५० हजार रुपैयाँ र सुनको चुरा समेत गरी करिब २ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको हो।
यसैगरी काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला डेरा गरी बस्ने रौतहट घर भएका विष्णु घिमिरेको कोठाबाट नगद, ल्यापटप १ थान र सुनका बिभिन्न गरगहना समेत गरी करिब २ लाख ६४ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
त्यस्तै ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने तुलसी प्रसाद दुलालको घरबाट सुनका विभिन्न गरगहना, रेडियो र कोरियन घडी समेत गरी करिब १० लाख ८५ हजार बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीलेबताएको छ ।