Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

बैंकिङ कसुर मुद्दामा जेल चलान




१३ साउन, काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुुुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ गरी जेल चलान गरेको छ ।

ब्यूरोको टोलीले उच्च अदालत पाटनको विसं २०७५ पुसको फैसलाअनुसार रु १० लाख ९४ हजार ५०० जरिवाना ठहर गरेका पाँचथरका ४३ वर्षीय पृथ्वीराज चेमजोङलाई आइतबार गोंगबुबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रमुख, प्रहरी नायब उपरीक्षक नीरजबहादुर शाहीले मञ्जु श्रेष्ठको जाहेरीका आधारमा बैंकिङ कसुर मुद्दामा फरार चेमजोङलाई पक्राउ गरिएको जानकारी दिए । “चेमजोङले आर्थिक व्यवहार मिलाउने भनी श्रेष्ठसँग रु १० लाख ९४ हजार ५०० ऋण सापटी लिएको र रकम भुक्तान गर्न नसकेपछि पैसा नभएको चेक दिएपछि उक्त खाली चेकका आधारमा चेमजोङलाई पक्राउ गरेका हौँ”, उनले बताए ।

पक्राउ चेमजोङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पेश गरेकामा अदालतको आदेशअनुसार आज कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाएको ब्यूरोले जनाएको छ । (रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ