
१३ साउन, काठमाडौँ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतले सचिव युक्त प्रसाद श्रेष्ठको मृत्युबारे सत्य तथ्य पत्ता लगाउन आग्रह गरेको छ । आइतबार आत्महत्या गरेको भनिएका श्रेष्ठको मृत्यु रहस्यमय भएको भन्दै आवश्यक छानविनको माग गरिएको हो ।
सभापति खिमप्रसाद भुसालद्वारा शोक वक्तव्यमा ८ तलाबाट खसेको भनिएता पनि घटनास्थलमा एक थोपा रगत नदेखिनु, शरीरमा चोट नदेखिनु, सिसि क्यामेराको फुटेज उपलब्ध नहुनु आदि कुराले घटना रहस्मय भएको उल्लेख छ । वक्तव्यमा गम्भिर ढंगले अनुसन्धान था छानविन अगाडि बढाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गरिएको छ ।
वक्तव्यमा श्रेष्ठको मृत्युले जिल्ला कार्यसमिति पर्वतले इमान्दार, सामाजिक अभियन्ता, निष्ठान, स्ष्पस्ट वक्ता, सरल र मिलानसार व्यक्ति गुमाउन पुगेकोमा नेपाली काँग्रेस पर्वतका साथै सिंगो काँग्रेसर्ला अपुरणीय क्षति पुगेको उल्लेख छ ।