Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

४० वर्षपछि बल्ल सार्वजनिक शौचालय




१३ साउन, झापा । हङकङ मार्केट’ भनेर चिनिँदै आएको झापाको धुलाबारीमा बजार स्थापना भएको चार दशकपछि बल्ल सार्वजनिक शौचालय बनेको छ ।

मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी बजारको मध्यभागमा नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको साझेदारीमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण भएको हो । शौचालयमा महिला र पुरुषको कोठा अलग्गै हुनुको साथै कमोडको बेग्लै कोठा छ ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाका अनुसार ४० वर्षदेखि नेपालको ‘हङकङ मार्केट’का रूपमा कहलिएको धुलाबारी बजारमा व्यापारीले सार्वजनिक शौचालयको माग गर्दै आएका थिए । अहिले निर्माण भएको सार्वजनिक शौचालयले विदेशी पर्यटक र किनमेलका लागि आउने स्थानीयलाई सुविधा भएको उनले बताए ।

धुलाबारी बजारमा चिनियाँ र तेस्रो मुलुकको सामान खरीद गर्न भारतको सिक्किम, दार्जिलिङ, सिलगढी, आसाम, मेघालय, नागाल्याण्ड मात्र नभएर भुटानको फुञ्चोलिङ र बङ्गलादेशको पञ्चगढबाट समेत खरीद आउने गरेको तिम्सिना बताउँछन् ।

शौचालयको निर्माणमा नगरपालिकाले रु पाँच लाख र मेची उद्योग वाणिज्य सङ्घले रु चार लाख लगानी गरेको निर्माण समितिका अध्यक्ष ललित बोहोराले जानकारी दिएका छन् । (रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले