back

ग्लोबल आइएमई बैंकले ल्यायो ग्राहकका लागि घर कर्जाको यस्तो योजना

वि.सं.२०७६ साउन १३ सोमवार

630 

shares

१३ असार, काठमाण्डौं । ग्लेबल आईएमई बैंकले घर कर्जाका लिने आफ्ना ग्राहवर्गमा तीन दिनभित्रमा ९.९९ प्रतिशत व्याजदरमा घरकर्जा दिने भएको छ ।

बैंकद्धारा सोमबार जारी गरिएको सूचनामा घर कर्जा आवेदन प्रकृया पूरा भएको ३ कार्य दिनभित्र कर्जा प्रवाह गरिने बताइएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने, खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको जनाएको छ ।

‘यस योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ ।’ बैंकद्धारा जारी सूचनामा बताइएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु(याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले हाल १३८ वटा शाखा, २८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७० शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको पनि जनाएको छ ।
बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधिरसम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।

बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थतन्त्रमा विशेष योगदान पुर्याउँदै आएको पनि बताएको छ ।

वि.सं.२०७६ साउन १३ सोमवार १६:५६ मा प्रकाशित

Himalayan Life AD
नबिल बैंक र ट्रिप टर्बोबीच साझेदारी, nBank एपबाटै यात्रा बुकिङ सेवा सुरु

नबिल बैंक र ट्रिप टर्बोबीच साझेदारी, nBank एपबाटै यात्रा बुकिङ सेवा सुरु

ललितपुर । नेपालको अग्रणी ट्राभल मार्केटप्लेस ट्रिप टर्बो र अग्रणी...

लिटमस इन्डस्ट्रिजहरूका लागि सिप सुधार कार्यक्रम (SIP) को शुभारम्भ

लिटमस इन्डस्ट्रिजहरूका लागि सिप सुधार कार्यक्रम (SIP) को शुभारम्भ

काठमाडाैँ । सक्षम उद्योग विकासका उद्देश्यले लिटमस इन्डस्ट्रिज लिमिटेडले आफ्ना...

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात

वीरगञ्ज  ।  वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

काठमाडाैँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा...

एकैदिन १० हजार ४ सय बढ्यो सुनको भाउ

एकैदिन १० हजार ४ सय बढ्यो सुनको भाउ

काठमाडौँ । आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।...