
गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन नजिकिदैंछ । यसबीचमा अगामी २०१९–२०२१ का लागि संघको केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिने क्रम पनि बढिरहेको छ । संघको अध्यक्ष पदकाका लागि उपाध्यक्षद्धय कुल आचार्य र कुमार पन्तले पनि अनौपचारिक रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यस्तै अन्य पदमा पनि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ भने अध्यक्ष भवन भट्टले अध्यक्षमा पुन : उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् ।
खाडी राष्ट्रबाट संघका गल्फ उपसंयोजक प्रविन गुरुङले गल्फ संयोजकमा उम्मेदवारी दिने तयारी गरेका छन् । २०१३–२०१५ मा एनआरएनए कतारको उपाध्यक्ष हुँदै २०१७ को आठौ विश्व सम्मेलनबाट संघको गल्फ उपसंयोजकमा निर्वाचित भएका गुरुङ कतारमा सफल नेपाली रेष्टुरेण्ट व्यवसायीको रुपमा परिचित छन् ।
भरतपुर चितवनका गुरुङले खाडीमा आफूले हासिल गरेको शीप, अनुभवलाई गैरआवासीय ेनपाली संघ मार्फत् देशमा लगानी गर्ने बताउँदै उनले भनेका छन् ‘नेपाल कतारमा रहेर जुन कुरा हासिल गरे, म वाट प्राप्त अनुभवलाई गैरआवासीय नेपाली संघको माध्यमवाट नेपाल सरकार वा सरोकार पक्षसंघ छलफल गरेर लागि क्यापसुलको रुपमा काम गर्नेछु ।’
यस्तो छ गुरुङको घोषणापत्र
कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिवहिनीहरु, पत्रकार साथीहरु, सवैमा म प्रविन गरुङको तर्फवाट नमस्कार तथा अभिवादन । नेपालीहरुको साझा संगठन गैरआवासीय नेपाली संघको अभियानका क्रममा मैले आफुलाई समपर्ण गरि संघको उद्धेश्य प्राप्तिका लागि विगतका वर्षहरुदेखि निरन्तर सहभागि रहदै आईरहेको सवैमा विधितै छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१३ र २०१५ मा उपाध्यक्ष पद २०१७ मा काठमाडौंमा सम्पन्न विश्व सम्मेलनवाट गल्फ सह–संयोजक पदमा निर्वा्चितभै आजसम्म म यहांसम्म आइपुगेको व्यहोरा जानकारी गराउन पाउदा गौरव महसुस गरेको छु ।
अभियानको गरीमाय अवधिलाई सार्थकता वनाउने कार्यका लागि तत्कालीन समयमा मलाई सहयोग गर्नुहुने श्रद्धेय सम्वन्धित सवैमा हार्दिक नमन तथा स्मरण गर्न चाहन्छु । राज्यवाट परिभाषित हामि गैरआवासीय नेपाली र पद्धति मान्यताको परिधीवाट दिक्षित गैरआवासीय नेपाली संघ मुलुक निर्माणको हिस्सा वनेको हामी सवैमा अवगत छ ।
हुनत आज खाडी तथा मलेशियामा श्रमका लागि जाने नेपालीहरुको बीचवाट गैरआवासीय नेपाली संघको विषयमा अनेकन प्रकारका टिप्पणी हुने गरेको तथ्य हामीबीच छुपेको छैन । तर, स्वाशत मान्यता यो पनि हो राज्यको कानुनमा व्याख्या र व्यवस्था भएका कुराहरुको शिरोपर गर्नु नागरिकको धर्म पनि हो यो । यो र यिनै मान्यताबीच रहेर मैले यहांहरु समक्ष केहि विषयहरुको पष्टिकरण निम्न अनुसारको पेश गर्न चाहन्छु ।
आज गैरआवासीय नेपाली संघ नेपाल र नेपालीका लागि अभिभावक वनेको छ । यो किन पनि हो भने हामी नेपालको कैयन दैवि प्रकोपका वेला त्यो नेपाली हो जो विश्वको जुनसुकै भुगोलमा रहेतापनि नेपाल र नेपालीको राहत तथा उद्धारका लागि खटेको सच्चा ईतिहासको स्मरण गर्न म सवैमा अपिल गर्दछु ।
त्यति मात्र होइन नेपालमा लगानीको वातवरण श्रृजना गरी लगानीका लागि गैरआवासीय नेपालीहरुका लागि प्रेरित गर्ने काममा गैरआवासीय नेपाली संघले रचनात्मक भुमिका निर्वाह गरेको पछिल्लो समयमा नेपाल सरकारद्धारा आयोजना गरिएको लगानी सम्मेलनवाट समेत थप पुष्टि गरेको छ ।
अव सन्दर्भलाई मेरो आगामि अपेक्षा संग जोड्न चाहन्छु । आगामि अक्टोवर २०१९ मा काठमाण्डौमा हुन गैरहेको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आठौं विश्व सम्मेलनमार्फत मैले आफूलाई गल्फ संयोजकको पदमा उम्मेदवारी दिने सोच सहित यहाँहरुको सुझावका लागि अपेक्षा सहित आफ्नो अनुभव र विगतमा म वाट भएका कार्यहरुको सक्षेपमा जानकारी गराउन चाहन्छु ।
मैले गैरआवासीय नेपाली संघ कतार राष्ट्रिय समन्वय परिषदको २०१३ र २०१५ कार्यकालमा उपाध्यक्ष पदको जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गरी पुनश्च गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सातौं विश्व सम्मेलन मार्फत गल्फ सह–संयोजकको भुमिका निर्वाह गरेको यहांहरु समक्ष अवगत गराउन चाहन्छु ।
आजको विशिष्ठ समयमा विगतमा यहांहरुवाट पद्धत सहयोग र सुझावका हार्दिक नमन गर्न चाहन्छु । आज खाडि र मलेशियमा कार्यरत नेपालीहरुवाट नेपाल भित्रने विपे्रषण राज्यको मुल अथै तन्त्र हो जहाँवाट नेपालको सिङ्गो अर्थतन्त्रलाई थामेको छ ।
एकातिर उपरोक्त देशहरुवाट प्राप्त बिप्रेषणले नेपालको अर्थतन्त्र थेगेको छ भने अर्को तर्फ उपरोक्त मुलुकहरुमा रोजगारीका लागि जाने नेपाली कामदारहरुको समस्या आजपनि यथावत रहेको छ । तसर्थ मैले आज खाडीको देश कतारमा रहेर जुन कुरा हासिल गरे, म वाट प्राप्त अनुभवलाई गैरआवासीय नेपाली संघको माध्यमवाट नेपाल सरकार वा सरोकार पक्षसंघ समाधानका लागि क्यापसुलको रुपमा काम गर्नेछु ।
वर्तमान सन्दर्भमा नेपालको लागि ठुलो पुँजी भनेको हामी नेपालीद्धारा विदेशमा आर्जन गरेको शिप र दक्षतालाई नेपालको समृद्धिका लागि नेपाल सरकारसँग आवश्यक परामर्श गर्दे त्यसको दक्षता हासिल गरेका नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारीका लागि आवश्यक वातावरण तय गर्नका लागि आवश्यक पहलकदमि गर्ने लक्ष्य लिएको छु ।
विगत मैले आफ्नो कार्यकालका समयमा नेपाली कला संस्कृतिको रक्षा र विकासका लागि मेरो पहलमा कतारमा अन्तराष्ट्रिय स्तरको सास्कृतिक कार्यक्रम आयोजना, खेलकुद तथा नेपालको प्राकुतिक बिपत्तिका वेला राहत संकलन तथा वितरणमा मैले उलेख्य भुमिका निर्वाह गरेको यहांहरुको न्यायलयको आँखावाट मेरो भुमिकाको विषयमा समिक्षा गर्नुहुनेछ भन्नेमा म अत्यन्तै आशावादी रहेको छु ।
निर्वाचनको समयमा हामीले धेरै कुराहरु गरिरहनु भन्दा पनि मैले यहांहरु समक्ष सार संक्षेपमा केहि विषहरु राखे । तर, म कृप संकल्पित भएर यहांहरु समक्ष नम्र निवेदन गर्न चाहन्छु कि विगतको अनुभव मेरा लागि आगामी भविष्यका लागि मार्गदर्शक वन्नेनै छ । त्यसका लागि आजैवाट यहांहरुको रचनात्मक सहयोय र सुझावको अपेक्षा सहित आसन्न गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नवौं विश्व सम्मेलन मार्फत मैले गल्फ संयोजक पदमा दिने उम्मेदवारी तपाई हामी सवैका लागि सार्थक वन्न सकोस् भन्ने विश्वासका साथ पुनश्च यहांहरुको सकारात्मक सुझावको अपेक्षा लिएको छु ।’
प्रविन गुरुङ्ग
आसन्न गैह्र आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आठौं विश्व सम्मेलनमार्फत गल्फ संयोजक पदका लागि प्रत्यासी उम्मेदवार