Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

कृषिमा क्रान्ति ल्याउने गरी काम गर्न मुख्यमन्त्रीको जोड




१४ साउन काठमाडौँ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अबको चार वर्षमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्नुपर्नेमा जोड भएको छ । प्रदेश ३ सरकार र कृषि विकास बैंकबीच आज हेटौँडामा भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा उनले कृषिमा प्रगति गर्न सामूहिक खेतीमा जोड दिनुपर्ने आवश्यकता औल्याए । बिरूवा रोप्दा भविष्यमा आम्दानी दिने खालका फलफूलका बिरुवा रोप्न जोड दिँदै मुख्यमन्त्री पौडेलले भाषण गरेर मात्र समृद्धि नआउने हुँदा मिहिनेत पनि गर्नुपर्छ भने ।

उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि माटोमा गएर काम गर्नुपर्ने धारणा व्यक्त गरे । कृषि विकास बैक र प्रदेश सरकारको सम्बन्ध राम्रोसँग अगाडि बढेमा किसानका निम्ति हित हुने उनको भनाइ थियो । सोही प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले बैंकसँग भएको सम्झौता तत्काल कार्यान्वयनमा ल्याइने बताए । (रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम