back

सांसदहरुद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

वि.सं.२०७६ साउन १४ मंगलवार

864 

shares


१४ साउन, काठमाडौँ । नेपाली काङ्ग्रेसका सांसद्हरुले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयान लिइरहेका युक्तप्रसाद श्रेष्ठको मृत्युको घटनाका सम्बन्धमा छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद देवेन्द्रराज कँडेलले बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौँ तल्लाबाट हाम्फालेर आत्महत्या गरिएको भनिएका श्रेष्ठका मृत्यु रहस्यमय रहेको जनाउँदै गम्भीर ढङ्गबाट छानबिन गर्न गृहमन्त्री र प्रहरी प्रमुखको ध्यानाकर्षण गराए ।

डिल्लीबजार मालपोत कार्यालयमा तत्कालीन नायब सुब्बाको पदबाट राजीनामा दिएर पर्वतमा नेपाली काङ्ग्रेसबाट राजनीति गरिरहेका ५७ वर्षीय श्रेष्ठले गत आइतबार हामफालेर आत्महत्या गरेको प्रहरीले जानकारी गराएको थियो ।
आठौँ तल्लाबाट हामफालेर आत्महत्या गरिएका भनिएका श्रेष्ठको खसेको ठाँउमा कुनै रगत नदेखिएको तथा शव परीक्षण प्रतिवेदनले पनि शरीरका कुनै पनि भागमा गम्भीर चोट लागेको नदेखाएको हुँदा हत्या भएको त होइन भन्ने शङ्का उत्पन्न गरेकाले बास्तविकता के हो जान्नका लागि छानबिन होस्’’, उनले भने ।

बैठकमा अर्का सांसद दिलेन्द्रप्रसाद बडूले एक साताअघि कञ्चनपुरमा झुण्डिएको अवस्थामा फेला परेका वसन्तबहादुर सिंहको शवले पनि मुलुकको शान्ति सुरक्षालाई चुनौती दिइएको बताए । उनले, “प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पैसा भुक्तानी गरेर निस्किएका भनिएका सिंहको नजिकको जङ्गलमा बरामद भएको मोटरसाइकलभन्दा निकै टाढा शव झुण्डिएको अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त भएको छ, यस घटनालाई गम्भीरतापूर्वक हेरी थप छानबिन होस् ।”

सोही दलका सांसद डिला सङ्ग्रौलाले कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको एक वर्ष पुगिसक्दासमेत दोषी पत्ता लगाउन नसक्नु दुःखद् विषय भएको जनाउँदै मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा सरकार गम्भीर होस् भने ।

समितिका अर्का सदस्य प्रेम सुवालले वाइडबडी, बालुवाटार जग्गा प्रकरण र अन्य भ्रष्टाचारका घटनामा मुछिएका व्यक्ति सत्तारुढ दलको छहारीमा खुले चुनौती दिएर हिँड्ने स्थितिको अन्त्य गर्न प्रहरीलाई स्वतन्त्ररुपले काम गर्ने सङ्गठनका रुपमा स्थापित गर्न आवश्यक रहेको बताए ।

नेपाल प्रहरी र प्रदेश सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा भइरहेको छलफलमा सत्तापक्षको दबावमा प्रहरीलाई बदनाम गर्ने उद्देश्यले कतिपय घटनाको प्रमाण नष्ट गर्ने काम भएको केही सांसदले आरोप लगाए ।

सांसद सुवालले भने “अब हामीले प्रहरी ऐनमै प्रमाण नष्ट गर्ने होइन, संरक्षण गर्न बाध्यकारी बनाउने प्रावधान राखिनुपर्छ, अन्यथा भ्रष्टाचार खुलेआम चुनौती दिएर हिँड्ने, निर्दोष व्यक्तिले आत्महत्या गर्नुपर्ने दिन आउन सक्छ, त्यसलाई अन्त्य गर्नुपर्छ, सत्ताको दबावमा चल्दा प्रहरी बदनामी भएको छ । (रासस)

वि.सं.२०७६ साउन १४ मंगलवार १७:०६ मा प्रकाशित

Himalayan Life AD
गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे (तनहुँ) ।  पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४...

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर । बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको...

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज (पर्सा) । जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...