Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

६७ जना उपस्थित, ५७ प्रमुख अतिथि !



१४ साउन, काठमाण्डौं । प्रदशर्नी मार्गस्थित बाल्मिकी क्याम्पसमा ५७ जना प्रमुख अतिथि राखेर एक कार्यक्रम सम्पन्न गरिएको छ ।

जम्मा ६७ जनाको उपस्थिति रहेको सो कार्यक्रममा ५७ जनालाई प्रमुख अतिथि बनाउँदा कार्यक्रम चलेको हलमा सन्नाटा नै छाएको थियो र सहभागीहरु आफू आफूमा हेराहेर गरेका थिए । ‘पुष्पलाल र समाजवाद’ विषयक अन्तरसंवाद कार्यक्रमका सहभागीहरु मध्ये कसैले नयाँ अभ्यास शुरु भएको बताएका थिए भने कसैले यस्तो बाध्यता पर्यो होला भनेर अनुमान गरेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि हुन सौभाग्य पाउनेहरुमा गोपिरमण उपाध्याय, श्याम श्रेष्ठ, शुरेस कार्की, लेखनाथ शर्मा, चक्र श्रेष्ठ, सविना बस्नेत, निरज बस्नेत, राजु भट्ट, शिव खनाल, भरत गौतम, राजेन्द्र रुपाखेती, राम बस्नेत, भोजराज ढुंगेल, अच्युत ज्ञवाली, स्वनाम साथी, मोहन केसी, साध्य बहादुर भण्डारी, लोक नारायण सुवेदी, चन्द्रमान तामाङ, चम्पक सुनुवार, बसन्त कुमार केसी, दिवाकर शर्मा, दीपक श्रेष्ठ, प्रकाश कार्की, मिना शर्मा, खिल बहादुर श्रेष्ठ, देव कुमारी श्रेष्ठ, किशन शर्मा, पुष्पा महरा, कृष्णहरि भट्ट, शेखर भट्टराई, बेद बहादुर श्रेष्ठ, गौरी शंकर राणा, तीर्थ श्रेष्ठ, शुसील फुयाँल, तेजविलास श्रेष्ठ, देवेन्द्र कुमार तमु, सिताराम घले परियार, शंकर घिमीरे, खिल बहादुर खड्का, पूर्ण खड्का, विन्दा घिमीरे, चक्रवर्ती लामा, विष्णु पुकार श्रेष्ठ, देवशंकर पौडेल, गजेन्द्र राई, बद्रि भण्डारी, किरण मोक्तान, आनन्द खड्का, पूर्ण खड्का, बुद्धि कार्की, बाबुराम गौतम, किशोर अधिकारी, देवेन्द्र थुम्केली, प्रेम प्रसाद भट्टराई र प्रेमराज न्यौपाने लगायतका व्यक्ति रहेका थिए ।

कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनमा देखा परेका बैचारिक विचलन, पद, प्रतिष्ठा र पैसाका लागि हुने गरेको सिद्धान्तहिन अराजकता, वर्गपक्षधरताको अभाव, स्तुति संस्कृतिको अन्त्य, नीति भन्दा नेता ठूलो मान्ने र सेवा भन्दा स्वार्थ प्रधान ठान्ने संस्कृति विरुद्धको लडाईँ तथा सुझाव, आलोचना र खवरदारीको नियमितताका विषयहरु उठाइएको सो कार्यक्रममा २६ जना वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा लोककृष्ण भट्टराई, स्वनाम साथी, साध्य बहादुर भण्डारी, लोकनारायण सुवेदी, श्याम श्रेष्ठ, गोपिरमण उपाध्याय, विष्णुपुकार श्रेष्ठ, शुरेस कार्की, मोहन बहादुर केसी, अच्युत ज्ञवाली, देवशंकर पौडेल, राम बहादुर भण्डारी, किरण मोक्तान, बाबुराम गौतम, किशोर अधिकारी, कृष्णहरि भट्ट, सिताराम घले परियार, नानीवावु बुढाथोकी, शेखर भट्टराई, रविनारायण खनाल, एकलाल श्रेष्ठ, लेखनाथ शर्मा, रत्न जोशी, किशन शर्मा, वोर्ण बहादुर कार्की लगायतका वक्ताहरुले कम्युनिष्ट आन्दोलनमा पुष्पलालले गरेको बहुआयामिक योगदान बारे चर्चा गरेका थिए ।

पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईको सभापतित्व, हरिहर खरेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा संस्थाका तर्फबाट समाजका सदस्य तथा कार्यक्रम संचालक निलकण्ठ तिवारीले ठूला नेता नपाएर वा बाध्य भएर होइन, समानताको व्यवहारका लागि नयाँ प्रयास सुरु गरिएको धारणा राखेका थिए ।

कार्यक्रममा हरिहर खरेल स्वागत मन्तव्य व्यक्त गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले