Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए बेजियमको अध्यक्षमा चित्र सुवेदीले दिए उम्मेदवारी



गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको अध्यक्षमा चित्र सुवेदीले उम्मेदवारी दिएका छन् ।

१८ वर्षदेखि बेल्जियममा बसोबास गर्दै आएका चित्र सुवेदीले परिषद्को अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्दै बेल्जियमका रहेका नेपाली समुदायलाई अझ ऐक्यबद्धता र मजबुत बनाउदै आर्थिक तथा समाजिक उन्नतीका लागि बेल्जियमका सरकारी र अन्य निकायसँग सहकार्य गर्ने बताएका छन् ।

सुवेदीले नेपाली कला संस्कृति र प्राकृतिक सुन्दरतालाई बेल्जियममा चिनाउने र नेपाली नागरिकता सम्बन्धीमा देखीएको दुबिधालाई उचित निष्कर्षमा पुर्याउन, नेपाल सरकार समक्ष जोडदार रुपमा राख्नको लागि पुन : अभियान चलाउने लगायतका प्रतिबद्धताहरु घोषणाका क्रममा गरेका छन् ।

सुवेदीले भनेका छन्, ‘आदरणीय बेल्जियमबासी बुबा–आमा, दाजुभाई, दिदी–बहिनीहरुमा नमस्कार! म चित्र सुबेदी, बिगत १८ बर्ष देखि बेल्जियमको नेपाली समाजमा तपाईहरुको सुझाव सल्लाहा र सहयोगले यहाँहरुकै माझमा रही सामाजिक कार्यमा संलग्न रहदै आएको छु । काम गर्दै जाने क्रममा बेल्जियमको समाजमा अझ बढी जिम्मेवारी लिई काम गर्नै मेरो चाहाना रहेको छ ।

बेल्जियममा बसोबास गर्ने नेपाली समुदायलाई अझ एकताबद्ध र मजबुत बनाउदै बेल्जियमबासि नेपालीको आर्थिक सामाजिक उन्नतिका लागि बेल्जियमका सरकारी र अन्य निकायहरुसंग सहकार्य गर्दै काम गर्ने, नेपाली कला, संस्कृति र प्राकृतिक सुन्दरतालाई बेल्जियममा चिनाउने र नेपाली नागरिकता सम्बन्धीमा देखीएको दुबिधालाई उचित निष्कर्षमा पुर्याउन नेपाल सरकार समक्ष जोडदार रुपमा राख्नको लागी पुन : अभियान चलाउने, नेपालमा लगानी र नेपाली कला, संस्कृति र प्राकृतिक सुन्दरतालाई बेल्जियममा चिनाउदै नेपालको पर्यटन बिकासलाई टेवा पुर्याउने जस्ता कामलाई अगाडी बढाउन एनआरएन, बेल्जियमको आगामी (२०१९–२०२१) कार्यकालको लागी अध्यक्ष पदमा उमेदवारी दिने मेरो चाहाना रहेको कुरा यहाहरु समक्ष अवगत गराउन चाहन्छु । बेल्जियमबासी नेपाली समुदायको सल्लाह र सुझावलेनै मलाई सहि निर्णय सम्म पुग्न मद्दत पुर्याउने हुदा यहाहरु सबैबाट सुझाव र सल्लाहको अपक्षा गर्दछु ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ