Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

यो कस्तो विडम्वना, राष्ट्रपति कृषक पुरस्कार पाएका युवा विदेश जानुपर्ने



हाम्रो देशको भौगोलिक पारीबेशले उप्लब्ध गराएको अबसर र किसानहरुको अनुभव तथा आधुनिक कृषि प्रबिधिहरुको सदुपयोगबाट दीगो आर्थिक बृदि तथा खाध्य सुरक्षा सुनिस्चिता गर्न सकिने प्रचुर सम्भावनाका साथै कृषि क्षेत्रका बिकासका पुर्वाधारहरु सिन्चाइ , सडक, बिजुली, संचार, उधोग, बजार बयबसाय तथा उन्नत प्रबिधीहरुको बिकास तथा बिस्तारमा कहिल्यै पनि हाम्रो देशको निति किसानमुखी बन्न सकेन । जसको परिणाम आज श्वतस्फूर्त कृषि ब्यवसायमा लागेका किसानहरुले आफ्नो ब्यवसायमा विभिन्न बाधा व्यवधान भोग्न परेको छ ।

निर्बाहमुखी किसानहरुको परिवारबाट कुनै एक सदस्य खाडीमा या बिदेशको कुनै कुनामा केही थोरै पैसामा आफ्नो स्वाभिमानी श्रम बेच्न वाध्य बन्नु परेको छ । अझ दुःख लाग्दो कुरा त बर्सेनी अरबौको कृषि उपजहरु बिदेशबाट आयात गर्नुपर्ने अवस्थाले कृषि प्रधान देश नेपालको विश्वसामु नेपालको खिल्ली उडेको छ । यो सबै कारण अहिलेसम्म हामीले हाम्रो देशको कृषि र किसानलाई बुझ्ने जान्ने महशुस गर्ने दिर्घकालिन भिजन राख्ने अबिभावक नभएको कारणले हो ।

त्यसो त हाम्रो देशमा पनि राज्य छ । राज्य अन्तर्गत कृषि मन्त्रालय तथा बिभिन्न बिभागहरु, कृषि अनुसन्धान महाशाखाहरु केन्द्रहरु, कृषि र किसानका अभियन्ताहरु, संघ संस्थाहरु नभएका होइनन् र काम नगरेका पनि होइनन् तर बिडम्बना आजको अवस्थाले यो लेख्न वाध्य बनाएको छ कि साच्ची उनिहरुले के गरेर तलब भत्ता खाए ? अनुगमन, नियमन किन भएन होला ? जसको कारण कृषि मा आज यो बिकराल अवस्था आएको छ । राष्ट्रपति पुरस्कार पाएका किसान बिदेश जानुपर्ने अनि कृषिका अभियन्ताहरु पनि सानो कुचुक्कको सटर भाडामा लिएर बिदेशको कृषि उपज बेच्दै यो या त्यो राम्रो नराम्रो भन्दै पसलमा तथा सामाजिक सन्जालमा कुर्लिएर जीवन गुजारा चलाऊनुपर्ने तितो यथर्थता भोग्नुपरेको छ । यो निकै दर्दनाक अवस्था हो ।

बिकल्प
अहिले नेपालको कृषि र किसानलाई बुझ्ने, महशुस गर्ने, नेपालको कृषिमा प्रचुर सम्भावना र अबसर देखेको, कृषि कर्ममा लागेर किसानहरुसँग दैनिकजसो साक्षात्कार गरिरहेको त्यस्तो ब्यक्ति जस्को रगतमा कृषि क्षेत्रमा अथाह सम्भावनाहरु बगेको होस् नेपाली किसानहरुको माया बगेको होस् र समग्र नेपाली जनताहरुको स्वस्थसँग अघात माया भएको एउटा महामनव कृषि क्षेत्र र नेपाली किसानले खोजिरहेको अवस्था छ र त्यो नजिक पनि छ ।

स्वस्थ उत्पादन स्वस्थ जीवन किसान एकता र समृद्द राष्ट्र निर्माणका लागि हाम्रो अभियान भन्ने नारालाई सक्षम सवल र सफल बनाउन बर्तमान समयले साच्चिकै एउटा बिकल्प खोजिरहेको छ । कतै यो बिकल्प तपाईं हो कि ? आउनुस् जुटौ साथमा साथ हातमा हात मिलाएर अब नेपाली कृषि र नेपाली किसानलाई अबिभावक बिहिन टुहुरो बन्न बाट बचाऔ । जय कृषि जय किसान ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ