back

यो कस्तो विडम्वना, राष्ट्रपति कृषक पुरस्कार पाएका युवा विदेश जानुपर्ने

वि.सं.२०७६ साउन १५ बुधवार

675 

shares

हाम्रो देशको भौगोलिक पारीबेशले उप्लब्ध गराएको अबसर र किसानहरुको अनुभव तथा आधुनिक कृषि प्रबिधिहरुको सदुपयोगबाट दीगो आर्थिक बृदि तथा खाध्य सुरक्षा सुनिस्चिता गर्न सकिने प्रचुर सम्भावनाका साथै कृषि क्षेत्रका बिकासका पुर्वाधारहरु सिन्चाइ , सडक, बिजुली, संचार, उधोग, बजार बयबसाय तथा उन्नत प्रबिधीहरुको बिकास तथा बिस्तारमा कहिल्यै पनि हाम्रो देशको निति किसानमुखी बन्न सकेन । जसको परिणाम आज श्वतस्फूर्त कृषि ब्यवसायमा लागेका किसानहरुले आफ्नो ब्यवसायमा विभिन्न बाधा व्यवधान भोग्न परेको छ ।

निर्बाहमुखी किसानहरुको परिवारबाट कुनै एक सदस्य खाडीमा या बिदेशको कुनै कुनामा केही थोरै पैसामा आफ्नो स्वाभिमानी श्रम बेच्न वाध्य बन्नु परेको छ । अझ दुःख लाग्दो कुरा त बर्सेनी अरबौको कृषि उपजहरु बिदेशबाट आयात गर्नुपर्ने अवस्थाले कृषि प्रधान देश नेपालको विश्वसामु नेपालको खिल्ली उडेको छ । यो सबै कारण अहिलेसम्म हामीले हाम्रो देशको कृषि र किसानलाई बुझ्ने जान्ने महशुस गर्ने दिर्घकालिन भिजन राख्ने अबिभावक नभएको कारणले हो ।

त्यसो त हाम्रो देशमा पनि राज्य छ । राज्य अन्तर्गत कृषि मन्त्रालय तथा बिभिन्न बिभागहरु, कृषि अनुसन्धान महाशाखाहरु केन्द्रहरु, कृषि र किसानका अभियन्ताहरु, संघ संस्थाहरु नभएका होइनन् र काम नगरेका पनि होइनन् तर बिडम्बना आजको अवस्थाले यो लेख्न वाध्य बनाएको छ कि साच्ची उनिहरुले के गरेर तलब भत्ता खाए ? अनुगमन, नियमन किन भएन होला ? जसको कारण कृषि मा आज यो बिकराल अवस्था आएको छ । राष्ट्रपति पुरस्कार पाएका किसान बिदेश जानुपर्ने अनि कृषिका अभियन्ताहरु पनि सानो कुचुक्कको सटर भाडामा लिएर बिदेशको कृषि उपज बेच्दै यो या त्यो राम्रो नराम्रो भन्दै पसलमा तथा सामाजिक सन्जालमा कुर्लिएर जीवन गुजारा चलाऊनुपर्ने तितो यथर्थता भोग्नुपरेको छ । यो निकै दर्दनाक अवस्था हो ।

बिकल्प
अहिले नेपालको कृषि र किसानलाई बुझ्ने, महशुस गर्ने, नेपालको कृषिमा प्रचुर सम्भावना र अबसर देखेको, कृषि कर्ममा लागेर किसानहरुसँग दैनिकजसो साक्षात्कार गरिरहेको त्यस्तो ब्यक्ति जस्को रगतमा कृषि क्षेत्रमा अथाह सम्भावनाहरु बगेको होस् नेपाली किसानहरुको माया बगेको होस् र समग्र नेपाली जनताहरुको स्वस्थसँग अघात माया भएको एउटा महामनव कृषि क्षेत्र र नेपाली किसानले खोजिरहेको अवस्था छ र त्यो नजिक पनि छ ।

स्वस्थ उत्पादन स्वस्थ जीवन किसान एकता र समृद्द राष्ट्र निर्माणका लागि हाम्रो अभियान भन्ने नारालाई सक्षम सवल र सफल बनाउन बर्तमान समयले साच्चिकै एउटा बिकल्प खोजिरहेको छ । कतै यो बिकल्प तपाईं हो कि ? आउनुस् जुटौ साथमा साथ हातमा हात मिलाएर अब नेपाली कृषि र नेपाली किसानलाई अबिभावक बिहिन टुहुरो बन्न बाट बचाऔ । जय कृषि जय किसान ।

वि.सं.२०७६ साउन १५ बुधवार १२:०० मा प्रकाशित

Himalayan Life AD
गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

पूर्वमन्त्री जयप्रकाश आनन्द(जेपी गुप्ता) ले नेपाली काँग्रेसको विशेष महाधिवेशनको पूर्व...

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौँ ।  कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको...

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

चुनावको मिति नजिकिँदै जाँदा नेपालको राजनीति अब विचारको बहस होइन,...

गणतन्त्रका पिता र जिम्मेवार अभिभावकको भूमिका

गणतन्त्रका पिता र जिम्मेवार अभिभावकको भूमिका

गणतन्त्र कुनै एक दिनको नारा होइन, न कुनै क्षणिक राजनीतिक...

यी हुन् महाभारत उत्तरका खडेरी ग्रस्त क्षेत्रका समस्या समाधानका उपायहरु

यी हुन् महाभारत उत्तरका खडेरी ग्रस्त क्षेत्रका समस्या समाधानका उपायहरु

नेपालको सिन्धुली, रामेछाप, ओखलढुङ्गा र खोटाङका केही भागहरू जस्ता वर्षा...

निर्वाचन लोकतन्त्रको आत्मा हो

निर्वाचन लोकतन्त्रको आत्मा हो

मुलुक आज निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरता, सत्ता–स्वार्थ र...