
१५ साउन, गुल्मी । धारिलो हतियार हँसिया प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका–३ बस्ने लछुमण कुमाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
खेतमा पानी लगाउने बिषयमा झै– झगदा हुँदा उनले सोही स्थान बस्ने ४९ वर्षीय मोतिलाल कुमाललाई हँसिया प्रहर गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले घटनास्थलमा मोतिलालको शव फेला पारको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।